
शुक्रवार , आषाढ १३, २०८२
काठमाडौं, १३ असार । नेपाली काँग्रेसका सांसद उदय शमशेर जबराले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ०६४ साल यताका कम्युनिष्ट अर्थमन्त्रीहरुले ल्याएको भन्दा व्यवहारिक भएको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको बजेट व्यवहारिक रहेको बताउनु भयो । सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई पनि त्यत्तिकै महत्व दिएको बताउनु भयो । कम्युनिष्ट अर्थमन्त्रीले व्यवहारिक बजेट ल्याएपनि वागमती र मधेस प्रदेशको बजेट अर्थतन्त्र बुझ्ने काँग्रेसी नेताहरुका लागि लज्जाजनक रहेको बताउनु भयो । एमाले र कम्युनिष्टहरुलाई अर्थतन्त्र कसरी चलाउने भनेर सिकाएको काँग्रेसले आफैँले नसिककोमा दुःख लागेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले सायद ०६४ सालपछि बजेट जुन एउटा कम्युनिष्ट अर्थमन्त्रीले ल्याएको छ । यो चाहीँ अलिकति व्यवहारिक बजेट हो की भन्ने मलाई लागेको छ । यसले निजी क्षेत्रलाई पनि अलिकति इन्करेज गरेको छ । तर अलिकति दुःख लाग्दो कुरा के छ भने एमालेको अर्थमन्त्रीले अलिकति व्यवहारिक बजेट ल्यायो ।
तर हाम्रो विशेष गरेर दुई वटा प्रदेशमा वागमती प्रदेश र मधेस प्रदेशमा जुन किसिमले बजेट ल्याएको छ, अलिअलि अर्थतन्त्र बुझ्ने हामी काँग्रेसीहरुले त मुखै छोप्ने परिस्थिति बनेको छ । हामीले आफूले आफूलाई हेर्नुपर्छ । एमाले र कम्युनिष्टहरुलाई अर्थतन्त्र कसरी चलाउने भनेर सिकायौँ, तर हामी आफैँले नसिककोमा दुःख लाग्दो भएको छ ।’
सांसद जबराले तीन करोडको सिलिङ राखेपनि बजेट आउँदा त्यस भन्दा तलका योजनाहरु पनि राखिएकोप्रति आपत्ति जनाउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij