२०८३, जेठ ३ गते

May 17 2026 | २०८३, जेठ ३ गते

लेखा तथा राजस्व सम्बन्धी अन्तरक्रिया

शनिवार , आषाढ १४, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, १४ असार । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) र होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीको आयोजनामा शुक्रबार भैरहवामा लेखा तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजस्व कार्यालय भैरहवाको सहजीकरण भएको कार्यक्रमको प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले उद्घाटन गर्नुभएको थियो ।

    प्रत्येक वर्ष यो कार्यक्रम गर्दै आएको चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले बताउनुभयो । ‘कर र लेखासम्बन्धी जानकारी हुनुका साथै सचेत पनि हुनुपर्छ, सचेतना बढाउने उद्देश्यले पनि उद्योगी–व्यवसायीका लागि यो कार्यक्रम गरिएको हो, ’उहाँले भन्नुभयो । 

    चेम्बर अफ कमर्स, रुपन्देहीका कार्यसमिति सदस्य एवं कार्यक्रम संयोजक कृष्ण प्रसाद मरासिनीको स्वागत, सचिव एवं प्रवक्ता कृष्ण प्रसाद पाण्डेको सञ्चालन तथा होटल तथा रेष्टुुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोख्रेलको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    कार्यक्रममा कर अधिकृत नरेश पन्थीले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले विभिन्न जिज्ञासा राखेका थिए । ती जिज्ञासाको प्रमुख कर अधिकृत प्रेमराज पोख्रेल र कर अधिकृत नरेश पन्थीले उत्तर दिनुभएको थियो ।