२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एसईईमा पश्चिमाञ्चलका दुई विद्यार्थीले ल्याए ४ जीपीए

शनिवार , आषाढ १४, २०८२

भैरहवा, १४ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ स्थित पश्चिमाञ्चल इङ्लिस स्कूलबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीमध्ये दुईजनाले ४ जीपीए प्राप्त गरेका छन् । दुईजना विद्यार्थीहरुको ४ जीपीएसहित विद्यालयले शतप्रतिशत नतिजा ल्याएको हो । उक्त विद्यालयबाट २०८१ सालको एसईई परीक्षामा ६१ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

शुक्रबार प्रकाशित एसईईको नतिजा अनुसार विद्यालयका अलि अनवर अलि मुसलमान र सुमनिमा पोखरेलले ४ जीपीए प्राप्त गरेको विद्यालयका प्राचार्य राजु ढकालले बताउनुभयो । त्यस्तै आयुसा पाठकले ३.९६ र निरजरा पोखरेलले ३.९ जीपीए ल्याएका छन् ।

प्राचार्य ढकालका अनुसार ३.६ देखि ३.९६ जीपीएसम्म अंक ल्याउने १२ जना, ३.२ देखि ३.५९ जीपीए प्राप्त गर्ने ३४ जना, ३ देखि ३.१९ जीपीए प्राप्त गर्ने ९ जना र २.८८ देखि २.९९ जीपीए ४ जना विद्यार्थी रहेका छन् । 
वि.सं. २०५२ सालमा स्थापना भएको पश्चिमाञ्चल इङ्लिस स्कूल भैरहवाको शिक्षा क्षेत्रमा अब्बल विद्यालयको रुपमा चिनिन्छ । रुपन्देहीका ८२ जना विद्यार्थीले जीपीए फोर ल्याएका छन् ।