२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एसईईमा न्यू ईराकी आस्था सुनारले ल्याइन चार जीपीए

आइतवार , आषाढ १५, २०८२

भैरहवा, १५ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ स्थित न्यू ईरा ईङ्लिस बोर्डिङ स्कूलको विद्यार्थी आस्था सुनारले चार जीपीए ल्याउनुभएको छ । शुक्रबार प्रकाशित २०८१ सालको एसईई परीक्षाको नतिजा अनुसार सुनारले चार जीपीए ल्याउनुभएको हो ।

त्यस्तै अंकित कुमार चौधरीले ३ दशमलव ९० जीपीए, अंकित सुनारले ३ दशमलव ८८, डीएसपी यादवले ३ दशमलव ८७, सुरज मुरावले ३ दशमलव ८२, आयूष्का कुसवाहाले ३ दशमलव ८१, अंजुश खनालले र दिनेश कुर्मीले ३ दशमलव ७९, कासीफ कमारले ३ दशमलव ७६, सागर सिंह चौधरीले ३ दशमलव ७३, रेश्मी गुरुङले ३ दशमलव ७१ र प्रिन्स चौधरीले ३ दशमलव ७० जीपीए ल्याएको विद्यालयले जनाएको छ ।

विद्यालयका अध्यक्ष दीपक सापकोटाले २०८१ सालको एसईई परीक्षामा न्यू ईराबाट ६२ जना विद्यार्थी सहभागी भएको जानकारी दिनुभयो ।