२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

ओमसतिया–५ मा रोटरी सामुदायिक आँखा केन्द्र स्थापना

सोमवार , आषाढ १६, २०८२

भैरहवा, १६ असार । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ५ स्थित गौरीको स्वास्थ्य चौकीमा रोटरी सामुदायिक आँखा केन्द्र स्थापना भएको छ । रोटरी क्लब अफ रुद्रमती, काठमाडौंको सहयोगमा रोटरी आँखा उपचार केन्द्रको स्थापना गरिएको हो । 

केन्द्रको पूर्व राज्यमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाक र रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका पूर्व डिष्ट्रिक्ट गभर्नर सञ्जय गिरीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

nkkkkh.jpeg

उद्घाटनको पहिलो दिन भएको निःशुल्क शिविरमा ५ सय भन्दा बढीले आँखा परीक्षण गराएका छन् । ६० वर्ष नाघेका ३ सय भन्दा बढी ज्येष्ठ नागरिकलाई निःशुल्क ‘डट ग्लास’ वितरण गरिएको थियो । आँखा शिविर सञ्चालनका लागि लुम्बिनी नेत्रालयले प्राविधिक सहयोग उपलब्ध गराएको आयोजकले जनाएका छन् ।

ओमसतिया गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का वडाअध्यक्ष मदन प्रसाद पोखरेलको अध्यक्षता तथा रोटरीयन सुदीप कोइरालाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रदेश सभा सदस्य अब्दुल रज्जाक र वडाअध्यक्ष मदन पोखरेलको आग्रहमा रोटरी क्लब अफ रुद्रमतीले रोटरी फाउण्डेशनको सहयोगमा यो आँखा केन्द्र स्थापना गरेको रोटरीयन अर्चित श्रेष्ठले जानकारी दिनुभयो ।