
सोमवार , आषाढ १६, २०८२
तिलोत्तमा, १६ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित पशुपति कलेजमा पिउने पानीको धारा जडान भएको छ । लामो समयदेखि पानीको हाहाकार भएर समस्या खेपेका विद्यार्थीले पानी पिउने सुविधा प्राप्त गरेका हुन् । कलेजमा अध्ययनरत दैनिक ४ सय देखि ५ सय विद्याथीले पिउने पानी प्रयोग गर्छन् । पानीको उपलब्धताले विद्यार्थी लाई सहज हुने कलेलले विश्वास लिएको छ ।
उक्त पानीको धारा तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा जडान भएको हो । सोमबार एक कार्यक्रमकाबीच तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै अर्यालले नगरमा रहेका सामूदायिक शैक्षिक संस्थामा विद्यार्थी को आगमन वृद्धि तथा अध्ययन हौसलाका लागि पूर्वाधार निर्माणले समेत अहम भूमिका निर्वाह गर्ने भएकाले सोहीअनुसार पालिकाले लगानी गरिरहेको बताउनुभयो । उहाँले शिक्षालाई नगदेबालीका रुपमा नलिन सुझाव दिदै उहाँले विद्यार्थी टिकाउने विषयमा शैक्षिक संस्थाले ध्यान दिनुपर्ने बताउनुभयो ।
त्यस्तै नगरपालिकाको सामाजिक विकास समिति संयोजक तथा नगर कार्यपालिका सदस्य रवि सेन्चुरीले पानी जीवनको अभिन्न वस्तु भएकाले यसको उपयोगिताका लागि पालिकाको पहल अतुलनीय रहेको बताउनुभयो । उहाँले नगरलाइ मानवीयताको शहरका रुपमा विकास गर्ने परिकल्पनालाई साकार पार्न शिक्षामा आमूल परिवर्तन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा कलेजका प्रमुख जीतबहादुर राष्कोटीले शुद्ध पानीसम्म पिउन नपाएको कलेज परिवारलाई आवश्यकता महसुस गरेर सेवा दिएको भन्दै नगरपालिकालाई धन्यवाद दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij