२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशमा शाखा खोल्न दिनुपर्छ : विनोद चौधरी

बिहिवार , आषाढ १९, २०८२

काठमाडौं, १९ असार । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशमा शाखा खोल्न दिनुपर्ने बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको अर्थ समितिको बैकठमा बाफिया विधेयकमा आज भएको दफाबार छलफलमा अहिले बाफियाले त्यसलाई नसमेटेको बताउनुभएको हो । त्यसलाई पुनःलेखन गरेर सोसम्बन्धि व्यवस्था राखिनुपर्ने बताउनु भयो । उहाँकाअनुसार नेपाली धेरै भन्दा धेरै रहेका ती ठाउँमा बैंकका शाखा खोल्न दिनुपर्छ । 

उहाँले भन्नुभयो–‘बाफिया ड्राफ्ट दुई वर्षदेखि बनाएर राखिएको छ । अहिले धेरै परिवर्तन भइसकेको छ । बाफिया फिर्ता पठाउनुपर्छ । नयाँ दृष्टिकोणबाट यो विधेयकलाई पुनःड्राफ्ट गर्नुपर्छ । नेपालका बैंकलाई बाहिर समेत जान दिनुपर्छ । अस्टेलिया, मलेसियामा बैंकका शाखा खोल्न दिनुपर्छ । नेपालीको पुँजी नेपाली बैंकले किन संकलन गर्न नपाउनु ? ।’

उहाँकाअनुसार अहिले वर्तमान अर्थतन्त्रको स्थिति सुस्त छ । बैंकहरुसँग भएको रकम लगानी हुन सकिरहेको छैन । बैंकर्स, उद्योगीको मनोबल बढ्न नसकेको बताउँदै उहाँले बैंकमा लगानी हुँदैमा उद्योगी, लगानीकर्ताले पैसा लिन्छन् भन्ने भ्रम हटाउनुपर्ने बताउनु भयो ।