
बिहिवार , आषाढ १९, २०८२
भैरहवा, १९ असार । काशी नोबल एकेडेमी सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा बुधबार एकदिने योग साधना कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको वाार्षिक कार्यक्रम अनुसार विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुका लागि योग साधना कार्यक्रम गरिएको विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले बताउनुभयो । सहभागी शिक्षक कर्मचारीलाई योग प्रशिक्षक खेम लम्सालले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको विद्यालय सञ्चालक समितिका सल्लाहकार पुर्ण प्रसाद श्रेष्ठले उद्घाटन गर्दै स्वास्थ्यका लागि योग अनिवार्य भएको बताउनुभयो । कार्यक्रममा विद्यालयका सह–प्राचार्य श्री रायमाझी लगायतको उपस्थितिे थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij