
बिहिवार , आषाढ १९, २०८२
भैरहवा, १९ असार । सिद्धार्थ सञ्जाल, रुपन्देहीले यथाशिघ्र सुनचाँदी व्यवसायी संघले उठाउँदै आएका जायज माग सम्बोधन गर्न सरकारसँग माग राखेको छ । महिनौ दिनदेखि आफ्ना पसल व्यवसाय नै बन्द गरेर आन्दोलनमा व्यवसायी होमिएको हुँदा यसले उपभोक्ता लगायत सुनचॉदी व्यवसायी थप धरासयमा पर्ने जस्तो सम्भावना देखिएकोले र देशको अर्थतन्त्रमा नै गम्भीर असर पर्ने सक्ने भन्दै सञ्जालले चिन्ता समेत व्यक्त गरेको छ ।
सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले बिहीबार विज्ञप्ती जारी गर्दै नेपाल सरकार अर्थ मन्त्रालयमार्फत २०८२ जेठ १५ गते आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत बिलासिता शुल्कवापत सुनमा प्रस्ताव गरिएको २ प्रतिशत कर साथै हिरा लगायत बहुमूल्य पत्थरमा लगाएको र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) अव्यहारिक भएको बताउनुभएको छ ।
सुनचॉदी व्यवसायी र उपभोक्ता समेतमा गम्भीर असर पर्ने भएको हु‘दा यसलाई पुनरालोकन गर्नका लागि भनेर सम्पुर्ण सुनचॉदी व्यवसायी संघले आन्दोलन गरेको उहाँको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij