
बिहिवार , आषाढ १९, २०८२
भैरहवा, १९ असार । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा बिहीबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सम्मरीमाई गाउँपालिकाको आयोजना, नेपाल रेडक्रस सोसाइटी सम्मरीमाई उपशाखाको समन्वय/सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा फरेनास्थित सम्मरीमाई गाउँ कार्यपालिकाको कार्यालय परिसरमा कार्यक्रम भएको हो ।
कार्यक्रममा ४३ यूनिट रगत संकलन भएको रेडक्रस रुपन्देही जिल्ला सदस्य तथा सम्मरीमाई उपशाखाका सभापति केशव कुमार उपाध्यायले जानकारी दिनुभयो ।
सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद कुमार श्रीवास्तवको अध्यक्षता, वडा नम्बर ४ का वडाअध्यक्ष दिवाकर दुवे, रेडक्रस जिल्ला सदस्य केशव कुमार उपाध्याय लगायतको आतिथ्यता तथा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
‘रगत अभावमा कसैलाई ज्यान गुमाउन नदिने संकल्प गरौं’ भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij