२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कालिका मानवज्ञानले दियो ६१ विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति

शुक्रवार , आषाढ २०, २०८२

बुटवल, २० असार । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा रहेको कालिका मानवज्ञान माध्यमिक विद्यालयले कक्षा ११ मा नयाँ भर्ना हुन लागेका ६१ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ। 

विज्ञान संकाय र कम्प्युटर इञ्जिनियरिङ्गतर्फको प्रवेश परीक्षामा सहभागी भएर उत्कृष्ट नतिजा प्राप्त गर्ने कुल ६१ जनालाई निःशुल्क छात्रवृत्ति प्रदान गरिएको हो । ती विद्यार्थीले कक्षा कक्षा ११ र १२ मा दुई वर्ष पूर्ण रुपमा निःशुल्क अध्ययन गर्न पाउनेछन् ।  

कम्प्युटर विज्ञानतर्फ प्रवेश परीक्षमा सहभागी दुई जनाले पूर्ण छात्रवृत्ति प्राप्त गरेका हुन भने विज्ञान संकायमा भर्नाको लागि प्रवेश परीक्षा दिएका ६१ जनाले पूर्ण छात्रवृत्ति प्राप्त गरेको कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कक्षा ११ मा विज्ञान र प्राविधिक धारतर्फको कम्प्युटर इञ्जिनियरिङ्गतर्फ १ हजार ५ सय बढी विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए । तर, विद्यालयले शैक्षिक गुणस्तर कायमको लागि विज्ञान संकायमा ६ सय ७८ जना र कम्प्युटर इञ्जिनियरिङ्गतर्फ ५७ जना विद्यार्थीको भर्नाको लागि छनौटमा परेका हुन् ।  बिहीबार बिहान प्रवेश परीक्षा लिएकोमा साँझ परीक्षाफल प्रकाशन गरिएको हो ।

विद्यालयमा भर्ना भएका अन्य संकायका विद्यार्थीहरुको लागि निःशुल्क छात्रवृत्तिको लागि केही समय पश्चात परीक्षा लिइनेछ ।