२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ : अर्थमन्त्री पौडेल

शुक्रवार , आषाढ २०, २०८२

काठमाडौं, २० असार । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गर्नुभएको छ । नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गर्नुभएको हो । 

‘निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ । नीतिहरु लगानीमैत्री छन् । लगानीका क्षेत्रहरु पहिचान राम्रो तयारी गरी गरी अघि बढनुहोस् ।सरकार सहयोग गर्न र सहजीकरण गर्न तयार छ,’–अर्थमन्त्री पौडेलले भन्नुभयो । 

प्रतिनिधि मण्डलमा सहभागीहरुले सूचना प्रविधि, व्यापार, हाइड्रो, पूर्वधार, वातावरण, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका थिए । प्रतिनिधि मण्डलमा मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीप कुमार कुकरेजा, डा. चाइ कि खान, गणेश कुमार वनगाह, एमके संग्राह लगायत सहभागी हुनुहुन्थ्यो ।