२०८३, जेठ ३ गते

May 17 2026 | २०८३, जेठ ३ गते

मायादेवीमा उत्कृष्ट सहकारीलाई सम्मान

आइतवार , आषाढ २२, २०८२

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, २२ असार । रुपन्देहीको मायादेवी गाउँपालिकामा उत्कृष्ट सहकारी सम्मान कार्यक्रम सम्पन्न भएको छ । १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा कार्यक्रम गरिएको गाउँपालिकाको सहकारी शाखा प्रमुख सीता थापाले बताउनुभयो ।

    कार्यक्रममा गाउँपालिकाभित्रका सहकारी संस्थामध्ये उत्कृष्ट सहकारी संस्थामा अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था, मायादेवी बचत तथा ऋण सहकारी संस्था मायादेवी–६ लाई सम्मान गरिएको थापाले जानकारी दिनुभयो । त्यस्तै सुखदुःख बचत तथा ऋण सहकारी संस्था मायादेवी–१, का व्यवस्थापक विद्या चौधरीलाई सम्मान गरिएको उहाँले बताउनुभयो ।

    WhatsApp Image 2025-07-05 at 3.03.01 PM.jpeg

    गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीको अध्यक्षता, प्रशासन शाखा प्रमुख पम्फा पन्थको स्वागत तथा सहकारी शाखा प्रमुख सीता थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नर्वदा देवी उपाध्याय, विभिन्न सहकारी संस्थाका पदाधिकारी, कर्मचारी लगायतको उपस्थिति थियो ।