
आइतवार , आषाढ २२, २०८२
भैरहवा, २२ असार । उपभोक्ता अदालतको निर्णयको विरोधमा देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । आइतबार रुपन्देहीको भैरहवास्थित भीम अस्पताल अगाडि चिकित्सकहरु एक घण्टा धर्नामा बसेका छन् ।
नेपाल सि.एम.ए. संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायका अनुसार बिहान १० देखि ११ बजेसम्म बालरोग विशेषज्ञ डा. आरिफ हुसेनको नेतृत्वमा अस्पताल अगाडि चिकित्सकहरु धर्नामा बसेका हुन् ।
उपभोक्ता अदालत गठन भएसँगै उपभोक्ताबाट परेका मुद्दाका सम्बन्धमा अस्पतालसँगै चिकित्सकहरूलाई समेत दोषी ठहर गरेपछि चिकित्सकसँग सम्बन्धित संगठनहरु आन्दोलनमा उत्रिएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij