
आइतवार , आषाढ २२, २०८२
भैरहवा, २२ असार । १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवस रुपन्देहीको भैरहवामा पनि मनाइएको छ । वर्तमान सहकारी र नियामकिय अभ्यास सुधार र सम्भावनाको खोजी विषयक गोष्ठी गरेर दिवस मनाइएको हो ।
राष्ट्र बैंक र प्राधिकरणले जारी गरेको निर्देशन सम्बन्धमा छलफल तथा अन्तरक्रिया गरिएको हो ।
सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा सिद्धार्थनगर सहकारी सञ्जालको सह–आयोजनामा भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले उद्घाटन गर्दै हालको वित्तीय अवस्थाका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा नगरपालिका सहकारी शाखा प्रमुख कमलकान्त खनाल, निवर्तमान अध्यक्ष कुल प्रसाद न्यौपाने, खिम बहादुर खत्री, लक्ष्मी अधिकारी लगायतले बोल्नुभएको थियो । सञ्जालका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव टीकाराम भट्टराईले गर्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij