२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

अमेरिकी भन्सार नीतिले विश्वव्यापी अनिश्चिततालाई बढावा दिने चेतावनी

बुधवार , आषाढ २५, २०८२

काठमाडौं, २५ असार । युक्त राष्ट्रसंघका एक अग्रणी अर्थशास्त्रीले जुलाई ९ देखि अगस्ट १ सम्म पारस्परिक भन्सार विराम बढाउने अमेरिकी निर्णयले अनिश्चितताको अवधिलाई लम्ब्याएको बताएका छन् ।

दीर्घकालीन लगानी र व्यापार सम्झौताहरूलाई कमजोर बनाएको र थप अनिश्चितता र अस्थिरता सिर्जना गरेको बताएका हुन् । अन्तर्राष्ट्रिय व्यापार केन्द्रका कार्यकारी निर्देशक पामेला कोक–ह्यामिल्टनले मंगलवार एक पत्रकार सम्मेलनमा लामो समयसम्मको अनिश्चितताले विशेष गरी विश्वका कम विकसित देशहरूका लागि नराम्रो परिणामहरू निम्त्याइरहेको बताउनु भयो । 

यो कदमले वास्तवमा अनिश्चितताको अवधिलाई विस्तार गर्ने र दीर्घकालीन लगानी र व्यापार सम्झौताहरूलाई कमजोर बनाउने उल्लेख गर्नुभयो । उच्चतम पारस्परिक शुल्कको सामना गर्ने देशहरू पनि सबैभन्दा कम विकसित छन् ।

लेसोथो, लाओस, मेडागास्कर र म्यानमारले ४० देखि ५० प्रतिशत बीचको दरको सामना गरिरहेका छन् ।