२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जन्मदिनमा विपन्न परिवारलाई सहयोग

बुधवार , श्रावण २८, २०७७

भैरहवा, २८ साउन ।
आफ्नो जन्मदिनको अवसर पारेर रुपन्देहीका एक युवाले विपन्न परिवारलाई सहयोग गरेका छन् । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का युवा समाजसेवी इसरार अहमदले एक विपन्न परिवारलाई घर निर्माणका लागि बुधबार जस्तापात (टीन) सहयोग गरेका हुन् ।

‘रोहिणी गाउँपालिका–६ पक्डिहवाका २८ वर्षिय धिरज जैसवालको खरले छाएको घर थियो, वर्षातको समयमा घरभित्रै पानी चुहिने समस्या भएका कारण उनले छानो हटाएर जस्तापाताले घर छाउने तयारी गरेको भए पनि आर्थिक रकमको अभाव भएकोले, जस्तापाता सहयोग गरेको हुँ, अहमदले भने । 

खरले छाएको घरमा बस्ने परिवारलाई सुरक्षित छानोमुनि ल्याउन केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले जस्तापाता उपलब्ध गराएको उनले बताए ।

जन्मदिनमा फजूल खर्च गर्नु भन्दा विपन्न परिवारलाई सहयोग गर्दा आफैलाई आत्मसन्तुष्टी प्रदान हुने भएकोले जस्तापाता प्रदान गरेको उनले बताए । आगामी वर्षहरुमा पनि जन्मदिनको अवसर पारेर यस्तै खालका कार्यक्रमहरुलाई अगाडी बढाउने सोच बनाएको उनको भनाइ छ ।