२०८३, जेठ ३ गते

May 17 2026 | २०८३, जेठ ३ गते

सुनचाँदी व्यवसायीका जायज माग सम्बोधन गर्न सिद्धार्थ उवासंघको माग

बिहिवार , आषाढ २६, २०८२

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, २६ असार । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले सुनचाँदी व्यवसायीहरुको जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ । संघले संवादको माध्यमबाट सबै व्यवसायीहरुलाई आफ्नो व्यवसाय निर्वाध रुपमा सञ्चालन गर्ने र गराउने वातावरण सृजना गर्न माग गरेको हो ।

    संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले बिहीबार विज्ञप्ती जारी गर्दै विगत १ महिनादेखि रुपन्देही जिल्ला लगायत देशभरका सुनचाँदी व्यवसायीहरु तथा सुनचाँदी व्यवसायी संगठनहरु शान्तिपूर्ण आन्दोलनमा रहेको हुँदा उक्त आन्दोलनप्रति संघको ऐक्यबद्धता रहेको बताउनुभयो ।

    ‘विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिई चर्को ब्याजदर तिरी व्यवसाय सञ्चालन गरेको व्यवसायीहरुको आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थाहरुको ब्याज समेत तिर्न नसकेको यस विषम परिस्थितिमा राजस्व संकलनको नाममा व्यवसायीहरुलाई निरुत्साहित गर्ने गरी लिइएको नीतिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ, ’विज्ञप्तीमा उल्लेख छ ।

    संघको वस्तुगत सदस्य सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघले नेपाल सरकारद्वारा आर्थिक वर्ष २०८२÷०८३ को बजेट वक्तव्यमार्फत घोषणा गरेको सुन र सुनको गहनामा २ प्रतिशत विलासिता कर र हिरा जवाहरात बहूमल्य पत्थरमा लागू गरिएको १३ प्रतिशत भ्याट खारेजी माग राखी भएको आन्दोलनप्रति आफूहरुको ऐक्यबद्धता रहेको अध्यक्ष आचार्यले बताउनुभयो ।