
शुक्रवार , आषाढ २७, २०८२
काठमाडौं, २७ असार । काठमाडौं महानगरपालिकाले असार २९ गते बजेट ल्याउने भएको छ ।
शुक्रवार बसेको कार्यपालिकाको बैठकले असार २९ गते बजेट ल्याउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले महानगरपालिकाले असार मसान्तसम्म बजेट ल्याइसक्नुपर्ने दायित्व पूरा गरेको बताउनु भयो । असारको २९ गते २ बजे नगरसभा गर्नेगरी बैठक टुंग्याएको जानकारी दिनुभयो ।
स्थानीय तहले असार १० गते बजेट प्रश्तुत गर्नुपर्ने प्रावधान रहेपनि महानगर प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगाले र नेपाली काँग्रेसबाट प्रतितिनिधित्व गर्ने वडा अध्यक्षहरुको मतभेदका कारण बजेट आउन सकेको थिएन । देशकै ठूलो महानगरले समयमा बजेट ल्याउन नसकेको भन्दै काठमाडौं महानगरको आलोचना हुँदै आएको थियो ।
उहाँले भन्नुभयो,‘आजको बैठकबाट हामीले गर्नुपर्ने जिम्मेवारी दायित्व असार मसान्तभित्र ०८२÷०८३ को बजेट ल्याउनुपर्ने थियो । त्यो बजेट ल्याउनको लागि आज कार्यपालिकाको बैठक बसेको हो । आजको बैठकबाट असारको २९ गते २ बजे नगरसभा गर्नेगरी बैठक टुंग्याएका छौँ । काठमाडौं महानगरपालिकाको बजेट आउँदो २९ गते आउँछ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij