
बुधवार , श्रावण २८, २०७७
बुटवल । बुटवलमा अप्रत्यासित रुपमा कोरोना भाइरसका संक्रमित भेटिएपछि बुटवलमा भदौ ५ गते सम्मका लागि पुर्ण लकडाउन गरिएको छ । समुदाय स्तरमै कोरोनाका संक्रमित बढेपछि बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रभित्र बिहीबार राति देखि भदौ ५ गतेसम्म पूर्ण लकडाउन गर्ने जनाएको हो ।
बुटवल उपमहानगरको बुधबार बसेको बैठकले भदौ ५ गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जाकनारी दिए । उनका अनुसार यो निर्णय बिहीबार राती ११ः४५ बजेदेखि भदौ ५ गते ११ः४५ बजेसम्म लागू हुनेछ । पछिल्लो समय बजार खुल्ला भएसँगै मानिसहरुको भिडभाड र चहलपहल बढिरहेको छ ।
उपमहानगरले बुटवल भित्रका खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ११ बजेसम्ममात्रै खुल्न पाउनेछन् भने दुध डेरीहरु बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्रै खोल्न दिने निर्णय गरेको छ ।
पुर्ण लकडाउन भएसंगै नगरपालिका भित्र सार्वजनिक र निजी सवारी पनि बन्द गरिएको छ । तरकारी बोक्ने गाडीहरुपरिचय पत्र बोकेर मात्रै सञ्चालन गर्न पाउने नगरपालिकाले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij