बुधवार , आषाढ ३२, २०८२
काठमाडौं, ३२ असार । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशभित्र गुणस्तरिय शिक्षाको अवसर प्रदान गर्नु अहिलको चूनौति रहेको बताउनुभएको छ।
नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले हिजोको चूनौति साक्षरता रहेको भन्दै आजको चूनौति देशभित्र गुणस्तरिय शिक्षाको अवसर प्रदान गर्नु रहेको बताउनुभएको हो । उहाले सरकार, सवै राजनीतिक दल र सरोकारवालाई शिक्षाको बिकासका लागि एकजुट भएर लाग्न अनुरोध गर्नुभयो ।
सामूदायिक विद्यालयहरुले सेवामूखी भइ मुलुकको शिक्षा क्षेत्रको बिकासमा महत्वपूर्ण योगदान दिदैआएको उहाले बताउनुभयो । सभापति देउवाले सामूदायिक विद्यालयको शिक्षाको गुणस्तरको बृद्धिका साथै सुविधा पनि विस्तार गर्नुपर्ने खाँचो रहेको धारणा राख्नुभयो ।
उहाले समृद्धिको आधारशिला जिवनउपयोगी शिक्षा रहेकाले व्यवसायीक शिक्षा प्रदान गर्न सरकारबाट समुचित र न्यायोचित पहल हुनुपर्ने खाँचो देखिएको बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij