
बिहिवार , श्रावण १, २०८२
भैरहवा १ साउन । रुपन्देही जिल्ला अदालतले ६४ प्रतिशत मुद्धा फर्छ्यौट गरेको छ । जिल्ला अदालतले बिगतका बर्षहरुको तुलनामा मुद्धा फर्छ्यौटमा बृद्धि गरेको हो ।
आर्थिक बर्ष २०८०/०८१ मा ५५ प्रतिशत मुद्धा फर्छ्यौट गर्न सफल भएको रुपन्देही जिल्ला अदालतले आर्थिक बर्ष ०८१/०८२ मा ६४ प्रतिशत फर्छ्यौट गरेको जनाएको छ ।
अघिल्लो आर्थिक बर्षमा दर्ता भएर फर्छ्यौट हुन नसकि जिम्मेवारी सरेर आएका ४ हजार ८१ थान र नयां दर्ता भएका ४ हजार ९६० गरी ९ हजार ४१ मुद्धामध्ये ५ हजार ७ सय ९५ मुद्धा फर्छ्यौट भएको जिल्ला अदालत रुपन्देहीका मुख्य न्यायधिश असोककुमार बस्नेतले जानकारी दिनुभयो ।
रुपन्देही अदालतमा फर्छ्यौट हुन बाँकी रहेका ३ हजार २४३ मुद्धा मध्ये २ बर्ष नाघेका मुद्धा ९ बटा मात्र रहेका छन् । दुई बर्ष नाघेका मुद्धा कम हुनु अदालतका लागि राम्रो मान्ने गरिन्छ ।
१८ महिनादेखि २ बर्ष भित्रका मुद्धा १५५ वटा र १८ महिना भित्रका मुद्धा ३ हजार ८२ बटा रहेका छन् ।
रुपन्देही जिल्ला अदालतबाट आर्थिक बर्ष २०८०÷०८१ बाट जिम्मेवारी सरेर आएका ४ हजार शुरु मुद्धा मध्ये ३ हजार ३९४ मुद्धा फर्छ्यौट भएका छन् भने नयाँ दर्ता भएका ४ हजार ८५३ मध्ये २ हजार २९१ मुद्धा फर्छ्यौट भएका छन् । त्यसैगरी अघिल्लो आर्थिक बर्षबाट जिम्मेवारी सरेर आएका ५ बटा पुनरावेदन मध्ये ५ बटै फर्छ्यौट भएका छन् भने नयाँ दर्ता भएका १२ बटा मध्ये ५ बटा फर्छ्यौट भएका छन् । यता अघिल्लो आर्थिक बर्षबाट जिम्मेवारी सरेर आएका ५२ वटा रिट मध्ये ४६ बटा फर्छ्यौट भएका छन् भने नयाँ दर्ता भएर आएका ९४ बटा मध्ये ५३ बटा फर्छ्यौट भएका छन् ।
१६२ बटा बालबालिका सम्बन्धी मुद्धामध्ये १२१ वटा मुद्धा फर्छ्यौट भएको अदालतले जनाएको छ । रुपन्देही अदालतले ४ हजार ८७३ जना मध्ये १ हजार ३७५ जनालाई कैद सजाए सुनाएको छ भने १ अर्ब २ करोड १० लाख ७१ हजार ६०७ रुपैया जरिवान उठाउनु पर्नेमा ७ करोड ९७ लाख ९१ हजार १५३ रुपैया जरिवाना उठाएको छ ।
रुपन्देही जिल्ला अदालतका न्यायधिश बस्नेतले न्यायधिशको अनुपातमा अदालतका आबश्यक जनशक्तिको कमिका कारण पनि चाहे अनुरुपको न्याय सम्पादन हुन नसकेको बताउनु भयो । उहाँले एक जना न्यायधिशका लागि ९ जना कर्मचारी आबश्यक पर्ने बताउनु भयो । बिगतमा ६ जना न्यायधिशका लागि आबश्यक कर्मचारीले अहिले १० जना न्यायधिश हुँदासम्म काम गर्नु पर्नेको बताउनु भयो । प्रयाप्त जनशत्ति र आबश्यक पुर्वाधार व्यवस्थापन हुन सके न्याय सम्पादन अझै प्रभावकारी रुपमा अगाडि बढाउन सकिने उहाँको भनाई छ ।
कानुन व्यावसायि सुनिल क्रिपाठीले रुपन्देही जिल्ला अदालतले न्याय सम्पादनलाई प्रभावकारी ढंगले अगाडि बढाएको बताउनु भयो । उहाँले छोटो समयमा मुद्धाको किनारा लगाउनु राम्रो संकेत भएपनि छोटा न्याय सम्पादन गर्ने नाममा कोहिपनि अन्यायमा पर्न नहुने बताउनु भयो ।
अदालतमा दर्ता हुने कतिपय जटिल प्रकृतिका मुद्धा भएका कारणले पनि समयमै न्याय सम्पादनमा समस्या आउने गरेपनि सबैको टिमवर्कमा कामले गति लिएको अदालतले जनाएको छ । अदालतले भनेजस्तै आम नागरिकले पनि समयमै न्याय पाएको आभास पाउने सके न्यायलय प्रतिको बिश्वास झनै बढेर जाने छ । यसतर्फ सबैको चासो जान जरुरी छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij