२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

नेशनल प्याब्सनद्वारा खुशी जीवन उपयोगी शिक्षा कार्यक्रम

शुक्रवार , श्रावण २, २०८२

बुटवल, २ साउन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीले आफू मातहतका विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरुलाई खुशी जीवन उपयोगी शिक्षा कार्यक्रम गरेको छ । नेशनल प्याब्सनले आफ्ना सदस्य विद्यालयहरुका सञ्चालन तथा प्रिन्सिपलहरुका माध्यमबाट विद्यालयको शैक्षिक गुणस्तरीयता वृद्धिका लागि बुटवलमा एक दिने कार्यक्रम गरेको हो । 

कार्यक्रममा पाठ्यक्रमलाई आधार बनाएर विद्यार्थी, शिक्षक र अभिभावकहरुको समन्वयमा गुणस्तरीय शिक्षासँगै शैक्षिक विकास योजना विषयमा छलफल गरिएको नेशनल प्याब्सनका सचिव विनोद थापा मगरले जानकारी दिनुभयो । 

नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष तिलव केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय उपमहासचिव कृष्णप्रसाद पौडेलले शिक्षण सिकाई, तालिम तथा गोष्ठीले शिक्षक कर्मचारीको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले समयसमयमा शैक्षिक सिकाई विकासका कार्यक्रम गर्नु आवश्यक रहने बताउनुभयो । 

कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सदस्य जेबी क्षेत्री, उपाध्यक्ष राजेन्द्र पराजुलीलगायतले तालिम र गोष्ठीमा सिकेका कुरालाई व्यवहारमा उत्तार्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जीवन चेतना विकास फाउण्डेशनका कार्यकारी प्रमुख कमल सिलवाल र डिजिटल स्कुल लुम्बिनीका संयोजक लेखनाथ पन्थले सहजीकरण गर्नु भएको खुशी जीवन उपयोगी शिक्षा कार्यक्रममा अभिभावक, शिक्षक र विद्यार्थीबीचको समन्वयले मात्र शैक्षिक गुणस्तर वृद्धिमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।