
आइतवार , श्रावण ४, २०८२
भैरहवा, ४ साउन । काशी नोबल एकेडेमी सिद्धार्थनगर, रुपन्देहीले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेको अध्यक्षतामा सियारीमा भएको कार्यक्रममा १०५ जना विद्यार्थीलाई अभिमुखीकरण गरिएको हो । उनीहरुलाई विषय र विद्यालय छनौट गर्न सक्षम र सफल भएकोमा कार्यक्रमका बोल्ने वक्ताले प्रशंसा गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्राचार्य घिमिरे, सह–प्राचार्य श्री रायमाझी, प्रेस सल्लाहकार शंकर पाण्डे लगायतले बोल्दै यस क्षेत्रकै उत्कृष्ट विद्यालय काशी नोबल एकेडेमीमा शैक्षिक भविष्यको शुभकामना व्यक्त गर्नुभएको थियो ।
विद्यालयका शिक्षक दिपक काफ्लेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन शिक्षक मकबुल अलीले गर्नुभएको थियो । कार्यक्रममा कोओर्डिनेटर हरि आचार्य, निर्मल हुमागाई, तेज प्रसाद पन्थ, विपिन शाह लगायतको उपस्थिति थियो ।
काशी नोबल एकेडेमीमा कक्षा ११ र १२ मा व्यवस्थापन, कम्प्युटर साइन्स तथा होटल म्यानेजमेन्ट विषयमा अध्यापन हुंँदै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij