२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

रुपन्देहीमा देशकै ठुलो युपिभिसिका झ्याल–ढोका बनाउने उद्योग खुल्यो

पञ्चकन्या समुहका डाईरेक्टर उज्ज्वल श्रेष्ठ सहित रितेश सिलवाल, नारायण केसी, उदित श्रेष्ठ र आशिक श्रेष्ठको ८० करोड लगानीमा उद्योग सञ्चालनमा आएको हो ।

मंगलवार , श्रावण ६, २०८२

भैरहवा । रुपन्देहीका सियारीमा युपिभिसि झ्याल तथा ढोकाहरु निर्माण गर्ने नेपालकै ठुलो उद्योग पञ्चकन्या डिमेक्स स्थापना भएको छ । सियारी गाउँपालिका २ भग्दरीमा गत बर्षदेखि उत्पादन शुरु गरेको उद्योगले सोमबारबाट औपचारिक रुपमा शुभारम्भ गरेको जनाएको छ । 

पञ्चकन्या समुहका डाईरेक्टर उज्ज्वल श्रेष्ठ सहित रितेश सिलवाल, नारायण केसी, उदित श्रेष्ठ र आशिक श्रेष्ठको ८० करोड लगानीमा उद्योग सञ्चालनमा आएको हो । उक्त उद्योगबाट उत्पादित आफ्‌ना उत्पादनहरुलाई सार्वजनिक गरिएको छ । अघिल्लो आर्थिक बर्षबाटै अनौपचारिक रुपमा उत्पादन तथा बिक्रि गर्दै आएको उद्योगले बिभिन्न ४ ब्राण्डका युपिभिसि झ्याल ढोकाहरु सार्वजनिक गरिएको हो । 

नेपालमा खपत हुने युपिभिसि झ्याल ढोकाको झण्डै ८५ प्रतिशत चीन र भारत लगाएतका मुलुकबाट आयत हुने गरेको तथ्याङकले देखाएको छ । नेपालमा गत आर्थिक बर्षमा मात्रै १३ हजार मेट्रिक टन युपिभिसि भ्‌mयाल ढोका खपत भएकोमा १० हजार मेट्रिक टन आयत भएको थियो । नेपालमा युपिभिसि भ्‌mयाल ढोकाको बढ्दो मागसंगै आयत बढेपछि गुणस्तरीय र अन्तराष्ट्रिय स्तरका झ्याल ढोका उत्पादन गर्ने गरी उद्योग स्थापना गरिएको पञ्चकन्या डिमेक्सका अध्यक्ष उज्ज्वल श्रेष्ठले जानकारी दिनुभयो । 

‘मुलुकभित्र पछिल्लो दुई तिन बर्षमा युपिभिसि झ्याल ढोकाको माग अत्याधिक बढेको पाइयो, बजारको त्यही माग देखेरै ठूलो लगानीमा आधुनिक उद्योग सञ्चालन गरेका हौं,’ श्रेष्ठले भन्नुभयो –‘ग्राहकको आर्थिक अबस्था अनुसार कम्पनीले प्रिमियम, मिडियम र इकोनोमिक सिरिजमा उत्पादनहरु बजारमा पुर्‍याइरहेको छ । पञ्चकन्या डिमेक्सका उत्पादन अहिले नेपालका सातवटै प्रदेशमा पुगेको कम्पनीले जनाएको छ । 

अध्यक्ष श्रेष्ठले उद्योग स्थापनाको झण्डै एक बर्ष उत्पादन परीक्षण, बजार अध्ययन र ग्राहकको चाहना र अपेक्षासँगै सुझाव संकलन गरेपछि सोमबारबाट आधिकारिक रुपमा उत्पादन शुभारम्भ गरिएको बताउनु भयो । बार्षिक ६ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको उद्योगले यस आर्थिक बर्षबाट तिव्र रुपमा उत्पादन र बजारीकरणमा लाग्ने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 

‘अघिल्लो आर्थिक बर्ष उद्योगलाई पुर्ण रुपमा संचालनका लागि आबश्यक तयारी गर्‍यौ, बजारको अनुसन्धान र ग्राहकको चाहना बझ्‌ने काम गर्‍यौ, अध्यक्ष श्रेष्ष्ठले भन्नुभयो –‘यो बर्षबाट तिव्र रुपमा बजारमा जाने योजना बनाएका छौं ।’

उद्योगले पञ्चकन्या डिमेक्स, नियोप्लास्ट, टोनिस यूपीभीसी र साल ब्रान्डका उत्पादन बजारमा ल्याएको छ । नेपालमा अहिले ८ वटा युपिभिसि झ्याल ढोका बनाउने कम्पनी सञ्चालनमा रहेका छन् । ८ वटा उद्योग मध्ये पञ्चकन्या डिमेक्स नेपालको सबैभन्दा ठुलो कम्पनी हो । 

IMG_8590.JPG

उद्योगमा हाल ६५ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएको कम्पनीले जनाएको छ । ‘पञ्चकन्या समूहको ५२ बर्ष देखिको उत्पादन अनुभव र गुणस्तरिय ब्रान्डसँगै लगानीकर्ताको कडा मेहनतले उद्योग सञ्चालनमा आएको हो,’ उहाँले भन्नुभयो, ‘मुलुकमै विश्वस्तरीय गुणस्तरका यूपीभीसी प्रोफाइलका बिभिन्न साईजका झ्याल–ढोका उत्पादन गरेर उपभोक्तासमक्ष पुर्‍याइरहेका छौं ।’ 

उद्योगले आफ्ना उत्पादनहरूलाई पुर्ण गुणस्तरिय र पर्यावरणमैत्री बनाएको दाबी गरेको छ । ‘पञ्चकन्या समूहको पहिलो मोटो नै गुणस्तर हो,’ पञ्चकन्या डिमेक्स पनि विश्वस्तरीय गुणस्तरीय सामग्री निर्माणमा जुटेको छ, श्रेष्ठले भन्नुभयो, ‘युपिभिसिका झ्याल ढोका बनाउने मेसिनदेखि कच्चा पदार्थसम्म जर्मन प्रबिधि र युरोपियन ब्राण्डका प्रयोग गरिरहेका छौं ।’ 

पञ्चकन्याले निर्माण गरेका झ्याल ढोकाहरु २० बर्ष बढी टिक्ने दिगो, पानी र आगोवाट पनि जोगिने खालका रहेको दावि गरेको छ । उद्योगका अनुसार मर्मतमा कम खर्च लाग्ने, नखुइलिने, बाहिरी हल्ला नसुनिने, आफ्नो इच्छा अनुसार डिजाइन गर्न सकिने, पुनः प्रयोग गर्न सकिने, सफाइका लागि सहज र पर्यावरणमैत्री भएको दाबी गरेको छ । कम्पनीले पहिलोपटक चारवटा लेमिनेटेड कलरमा यूपीभीसी प्रोफाइल उत्पादन गरिरहेको प्रबन्ध निर्देशक रितेश सिलवालले जानकारी दिनुभयो । उपभोक्ताले आफ्नो इच्छा अनुसारका रंगहरु छनौट गरेर झ्याल–ढोका तयार गर्न पाउने उहाँको भनाई छ । 

उद्योगले झ्याल–ढोका जडान गरिसकेपछि पानी र हावा पस्नेलगायत समस्या हल गर्न टीपीई ग्यास्केट प्रविधि अपनाएको सिलवालले जानकारी दिनुभयो। ‘झ्याल–ढोका बलियो बनाउन यूपीभीसीका प्रोफाइलभित्र ग्याल्बोनाइज्ड फलाम प्रयोग गरेका छौं,’ उहाँले भन्नुभयो, ‘यसले गर्दा फ्रेम भाँचिने, कुच्चिने समस्या हुँदैन भने अन्य भन्दा बलियो पनि हुन्छ ।’

उद्योगले २ सय ५९ जना फेव्रिकेटर व्यवसायिलाई तालिम दिएको जनाएको छ । ‘हाम्रा लागि ग्राहक भनेको दुई थरी छन्, एउटा फेव्रिकेटर हुन भने अर्को उपभोक्ता त्यसैले फेव्रिकेटर व्यवसायिमा लगानी गरेका छौं, उहाँहरुलाई गरेको लगानीले झ्याल–ढोका जडानमा निखारता आउछ,’ उहाँले भन्नुभयो, ‘ प्रभावकारी जडान र आगामि दिनमा कुनै समस्या नआओस भन्नेमा हामी निकै सम्बेदनशिल भएर लागेका छौं ।’

पञ्चकन्या डिमेक्सका उत्पादन दशैभरका घर, अपार्टमेन्ट, हाउजिङ र कार्यालयले प्रयोग भईरहेको कम्पनीको दाबी छ ।  उद्योगमा ६ वटा आधुनिक मेसिन जडान गरिएका छन् । यीमध्ये पाँच वटाले सेतो यूपीभीसी प्रोफाइल (फ्रेम) निर्माण गर्छन् भने एउटा मेसिनले लेमिनेटेड प्रोफाइल तयार गर्ने सिलवालको भनाई छ ।