२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

घाटी थिचेर श्रीमतीको हत्या

शुक्रवार , चैत्र २७, २०७७

  • 7.1K
    Shares
  • 7.1K
    Shares
  • भैरहवा, २७ चैत । 
    रुपन्देहीमा घाटी थिचेर एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । सियारी गाउँपालिका वडा नम्बर ३ हर्नैया गाउँका ६६ वर्षिय गनपत बानियाले ५५ वर्षिय कुश्मा बानियाको घाटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । 

    बिहीबार बिहान सवा ३ बजे आफ्नै घरको कोठामा गनपतले कुश्माको घाटी थिचि कर्तव्य गरी मारेको खबरप्राप्त हुनासाथ प्रहरी परिचालन भइ घटनास्थलमा पुग्दा मृतक कुश्माको घाँटीमा शंकाष्पद दाग देखिएकोले पोष्टमार्टमको लागि भैरहवास्थित भीम अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य नारायण थापाले बताए ।

    घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गनपतलाई नियन्त्रणमा लिएको छ । श्रीमान् श्रीमतीबीच सामान्य विवाद हुँदा आवेशमा आइ गनपतले श्रीमतीको घाटी थिचेको भन्ने बुझिएको प्रहरीको भनाइ छ ।