
बिहिवार , श्रावण ८, २०८२
काठमाडौं, ८ साउन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मन्त्रालय सम्हालेको वर्ष दिनमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरू १३२ जनाको हवाई उद्धार गरिएको बताउनुभएको छ ।
बिहीवार सिंहदरबारमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा यसबारे जानकारी गराउनुभएको हो । मन्त्री सुडीकाअनुसार हिंसा पीडित महिला तथा किशोरीहरुलाई सुरक्षित रुपमा पुनःस्थापना गर्न राष्ट्रियस्तरको मंगला सहाना दीर्घकालीन पुनस्र्थापना केन्द्रमा १८ जनालाई सेवा प्रवाह भईरहेको छ ।
महिला हिंसा विरूद्धको सचेतनाका लागि टेलिश्रृङ्खला सोच निर्माण भई नेपाल टेलिभिजनबाट प्रशारण भएको पनि जानकारी दिनुभयो । उहाँले मधेस प्रदेशका विभिन्न ५ जिल्लामा “खुलेर बोलौ, लैङ्गिक हिंसा अन्त्य गरौं–सडक नाटक प्रदर्शन गरिएको, सातौं महिला अधिकार दिवसको अवसरमा प्रत्येक प्रदेशबाट १÷१ जना उत्कृष्ट महिला उद्यमीलाई कदरपत्रसहित १ लाख नगद पुरस्कारबाट सम्मानित गरिएको बताउनु भयो ।
पशुपति वृद्धाश्रममा ६८ जना ज्येष्ठ नागरिकहरु (पुरुष २४ जना र महिला ४४ जना) लाई आवास, भरणपोषण, स्वास्थ्य उपचार सेवा उपलब्ध गराइएको बताउनु भयो । १३३ जना कुष्ठरोग प्रभावित व्यक्तिहरुको लालनपालनका लागि नेपाल कुष्ठरोग निवारण संघलाई अनुदान सहयोग उपलब्ध गराइएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरू १३२ जनाको हवाई उद्धार गरिएको छ । हिंसा पीडित महिला तथा किशोरीहरुलाई सुरक्षित रुपमा पुनःस्थापना गर्न राष्ट्रियस्तरको मंगला सहाना दीर्घकालीन पुनस्र्थापना केन्द्रमा १८ जनालाई सेवा प्रवाह भईरहेको छ ।
महिला हिंसा विरूद्धको सचेतनाका लागि टेलिश्रृङ्खला सोच निर्माण भई नेपाल टेलिभिजनबाट प्रशारण भएको छ । मधेस प्रदेशका विभिन्न ५ जिल्लामा “खुलेर बोलौ, लैङ्गिक हिंसा अन्त्य गरौं–सडक नाटक प्रदर्शन गरिएको छ । सातौं महिला अधिकार दिवसको अवसरमा प्रत्येक प्रदेशबाट १÷१ जना उत्कृष्ट महिला उद्यमीलाई कदरपत्रसहित १ लाख नगद पुरस्कारबाट सम्मानित गरिएको छ ।
पशुपति वृद्धाश्रममा ६८ जना ज्येष्ठ नागरिकहरु (पुरुष २४ जना र महिला ४४ जना) लाई आवास, भरणपोषण, स्वास्थ्य उपचार सेवा उपलब्ध गराइएको छ । १३३ जना कुष्ठरोग प्रभावित व्यक्तिहरुको लालनपालनका लागि नेपाल कुष्ठरोग निवारण संघलाई अनुदान सहयोग उपलब्ध गराइएको छ ।
वित्तीय हस्तान्तरण भई प्रदेश र स्थानीय तहमा गएको बजेट बाहेक राष्ट्रिय अपाङ्ग कोषमा विनियोजन भएको बजेट ४० लाखबाट २७२ थान सहायक सामग्री उत्पादन भई वितरण कार्य सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिको राष्ट्रिय नीति कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार भएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था परियोजना सहजिकरण समितिको सिफारिसमा ५० वटा परियोजना सम्झौता र २८ वटा साधारण सम्झौताको सहमति प्रदान गरिएको छ ।
अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा कार्यरत विदेशीको लागि कार्यसहमति ५२ वटा, श्रम स्वीकृति ५२, गैरपर्यटक भिसा ४४, आयात इजाजत २२ वटा र ३ वटा भन्सार छुट सिफारिस गरिएको छ । समाज कल्याण परिषद्मार्फत ६१ अर्ब ९७ करोडको वैदेशिक सहयोग स्वीकृत भएको छ ।’
मन्त्री सुडीकाअनुसार अपाङ्गता भएका व्यक्तिको राष्ट्रिय नीति कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार भएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था परियोजना सहजिकरण समितिको सिफारिसमा ५० वटा परियोजना सम्झौता र २८ वटा साधारण सम्झौताको सहमति प्रदान गरिएको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij