
बिहिवार , श्रावण ८, २०८२
तिलोत्तमा, ८ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ स्थित सिमानगरमा वृक्षरोपण गरिएको छ । बिहीबार एक कार्यक्रमकाबीच नगरप्रमुख रामकृष्ण खाणले बिरुवा रोपी उक्त कार्यक्रमको शुभारम्भ गर्नुभयो ।
सो अवसरमा उहाँले हरियाली प्रवद्र्धनमा नगरपालिकाले गरिरहेको कामको प्रशंसा विश्वले गरिरहेकाले यसलाई कायम राख्न सक्नुपर्ने बताउनुभयो । उहाँले हरेक मानिसले रुख विरुवा रोप्ने र त्यसलाई संरक्षण समेत गर्नुपर्ने बताउनुभयो । ‘हामीले रोपेको विरुवा हाम्रा सन्ततिले देख्ने र भन्न पाउने गरी हुर्किउन त्यसले उनीहरूमा पनि ज्ञान विकास हुन्छ, उहाँले भन्नुभयो– भौतिक विकास गर्दा मासिएका रुख विरुवाको भरपाई नागरिकस्तरबाट जागरुक भइ स्थानिय प्रदेश र संघीय सरकार सबैले गर्नुपर्छ ।’
सिमानगर क्षेत्रमा ४ सय बढी गुल्मोहर, एक्जोरा, हेबिस्कस, बेलौती लगायतका विरुवा रोपिएको छ । कार्यक्रममा वडा नम्बर ४ का जनप्रतिनिधि, सचिव, आमा समूह, समाजसेवी, नागरिक लगायतको उपस्थिति थियो।
नगरपालिकाले हरेक वर्ष साउन महिनाको १ गतेदेखि ७ गतेसम्म वृक्षरोपण सप्ताह सञ्चालन गरी ८ हजार विरुवा रोपिसकेको छ भने वडागत वृक्षरोपणलाई निरन्तरता दिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij