२०८३, कार्तिक २० गते

Nov 06 2026 | २०८३, कार्तिक २० गते

युनिभर्सल पब्लिकमा तिहार विशेष कार्यक्रम

शुक्रवार , कार्तिक २०, २०८३

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, २० कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८, अञ्चलपुरस्थित युनिभर्सल पब्लिक स्कूलले शुक्रबार तिहार विशेष कार्यक्रम आयोजना गरेको छ ।

    मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै विद्यार्थीलाई सामाजिक गतिविधिसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य गोकुल पोखरेलले बताउनुभयो ।

    कार्यक्रममा विद्यार्थीहरूले तिहारसँग सम्बन्धित विभिन्न नृत्य तथा देउसी–भैलो प्रस्तुत गरेका थिए । कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीको सहभागीता रहेको कार्यक्रममा चारवटा हाउसमा बाडिएका विद्यार्थीबीच रंगोली प्रतियोगितासमेत आयोजना गरिएको थियो ।

    WhatsApp Image 2026-11-06 at 4.34.30 PM.jpeg

    तिहारका नाममा विभिन्न विकृति भित्रिँदै गएकाले विद्यार्थीलाई मौलिक संस्कृतिबारे जानकारी गराउने र त्यसको संरक्षणमा प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सह–प्राचार्य सुरज घिमिरेले बताउनुभयो ।

    WhatsApp Image 2026-11-06 at 4.34.30 PM (1).jpeg

    देवी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्राचार्य पोखरेलले तिहारको महत्व र यमपञ्चकका पाँच दिनको गरिमाबारे चर्चा गर्नुभएको थियो । त्यसै गरी लक्ष्मीपूजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीसमेत पर्ने भएकाले सह–प्राचार्य घिमिरेले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्नुभएको थियो ।

    विद्यालयका संयोजक किरण गुरौको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सह–प्राचार्य घिमिरेले सञ्चालन गर्नुभएको थियो ।