२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

रोटरी बुटवल चौतारीद्वारा क्यान्सर अस्पताल परिसरमा वृक्षारोपण

आइतवार , श्रावण ११, २०८२

बुटवल, ११ साउन । रोटरी क्लब अफ बुटवल चौतारीले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लबले आफ्नो वार्षिक कार्ययोजना अनुसार रुपन्देहीको मायादेवी गाउँपालिका, बेथरीस्थित सुमित्रा मेमोरियल क्यान्सर अस्पतालमा कार्यक्रम सम्पन्न गरेको क्लबका अध्यक्ष राजु अधिकारीले जानकारी दिनुभयो ।

क्लबले ५११ वटा बिरुवा रोपेको र त्यसमध्ये अधिकांश फलफूलका बिरुवा रहेको निवर्तमान अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवल चौतारीका एजी प्रदीप उदयको पनि उपस्थिति थियो । त्यस्तै कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष नुमेन्द्र पौडेल, पूर्वअध्यक्ष दिनेशमणि सुवेदी, मानार्थ सदस्य प्रेम पोखरेलको पनि उपस्थिति थियो ।

वृक्षारोपणका लागि सुमित्रा मेमोरियल क्यान्सर अस्पतालका संस्थापक अर्जुन पौडेलले स्थान उपलब्ध गराउनुभएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

वृक्षारोपण कार्यक्रम सम्पन्न गर्नका लागि रोटरीयन माधव पौडेलको संयोजकत्वमा ६ सदस्यीय कमिटी यसअघि नै निर्माण गरिएको थियो । वातावरण बचाउन र हरियाली कायम राख्नका लागि पनि वृक्षारोपण आवश्यक रहेकोले क्लबले यसलाई नियमित रुपमा अगाडि बढाएको कार्यक्रममा सहभागी रोटरीयनहरुले बताएका थिए ।