२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

तराईका जिल्लाहरुमा रगतको अभाव, रक्तदान अभियानलाई गाउँस्तरमा पुर्‍याउन जोड

सोमवार , श्रावण १२, २०८२

भैरहवा १२, साउन । रुपन्देही सहित तराईका मुख्य शहरहरुमा रगतको अभाव देखिएको छ । गर्मी मौसममा बिरामीको सङख्यामा बृद्धि हुने तथा रक्तदान कार्य कम हुने हुँदा रगतको अभाव हुने गरेको हो ।

तराईका जिल्लाहरुमा गर्मी मौसमसंगै रगतको अभाव देखिने गरेको नेपाल रेडक्रस सोसाईटीको तथ्याङकले देखाएको छ । रुपन्देहीमा बार्षिक ४० हजार प्वाईन्ट रगत आबश्यक पर्ने भएपनि ३४/३५ हजार युनिट मात्र रगत संकलन हुने गरेको नेपाल रेडक्रस सोसाईटि रुपन्देहीले जनाएको छ । 

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका उपसभापति शुशिल गुरुङले रुपन्देही लुम्बिनी प्रदेशमै अस्पतालको हवको रुपमा बिकास भएपनि अस्पतालहरुले रक्त सञ्चार युनिट सुचारु नगर्दा रगतको अभाव हुने गरेको बताउनु भयो ।

उहाँले जेठ, असार, असोज र कार्तिकमा रगतको अभाव हुने गरेको उल्लेख गर्दै यी महिनाहरुमा रक्तदान गर्ने कार्यलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्ने बताउनु भयो । ‘एकातर्फ अत्याधिक गर्मिका कारण रक्तदान गर्न मानिसहरुले खासै रुचि देखाउदैनन् भने अर्कोतर्फ जेठ र असारमा कृषिकर्ममा लाग्ने भएकाले पनि यो दुई महिना रगत संकलनमा कमि हुने गरेको छ, उपसभापति गुरुङले भन्नुभयो–‘रगतको अभाव हुन नदिन जेठ असारमा पनि रक्तदान अभियान चलाउनु पर्ने देखिएको छ ।’ 

रुपन्देही लगाएतका कतिपय तराईका जिल्लाको तापक्रम ४० डिग्रीभन्दा बढी हुने, गर्मीले अस्पतालमा बिरामीको चाप बढ्दा रगतको माग बढेपनि रगत संकलन कार्य प्रभावित हुँदा बिरामीले दुःख पाउने गरेको रेडक्रसकर्मीहरु बताउछन्।

रुपन्देहीमा दर्जनौ अस्पताल सञ्चालनमा छन्, ति अस्पतालमा उपचार गर्न हजारौ नागरिक आउने गरेका छन्, अस्पताल र बिरामीको सङख्या बढेपनि रक्तसञ्चार केन्द्र नथपिदा बेलाबखत रगतको अभाव देखिने गरेको छ, रेडक्रस रुपन्देहीका सदस्य महेन्द्र कुमार श्रेष्ठको भनाई छ । 

अस्पतालको बिकाससंगै डायलाईसिस, सुत्केरी तथा सल्यक्रिया गर्ने बिरामीको चाप बढ्ने र उनीहरुलाई बढी मात्रामा रगतको आबश्यकता पर्ने गरेको श्रेष्ठको भनाई छ । 

नेपाल स्वयमसेवि रत्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले नेपाल रेडक्रस सोसाईटि रगत संकलनमा चुक्दा रगतको अभाव हुने गरेको बताउनु भयो । उहाँले रगतको अभाव हुन नदिनका लागि शहरका साथै ग्रामिण क्षेत्रसम्म पुगेर रगत संकलन गर्नु पर्ने बताउनु भयो । उहाँले बिद्यालय तहदेखि ग्रामिणभेगसम्म रक्तदानका बिषयमा सचेतना फैलाउन जरुरी रहेको बताउन भयो । 

एकसय सैंया माथिको क्षमता भएका अस्पतालहरुलाई अनिवार्य रुपमा रक्त सञ्चार युनिट राख्नु पर्ने कानुनी प्रावधान छ । तर, रुपन्देहीमा सञ्चालित अधिकांश अस्पतालहरुमा रक्तसञ्चार युनिट छैन् । जसले गर्दा रगत संकलनमा समस्या परेको छ । त्यसैले रगतको अभाव हुन नदिनका लागि रक्तदान अभियानलाई बिद्यालय स्तरदेखि ग्रामिण क्षेत्रसम्म फैलाउनु पर्ने जानकारहरुको भनाई छ ।