२०८२, पौष १७ गते

Jan 01 2026 | २०८२, पौष १७ गते

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा मनिष श्रेष्ठ

शुक्रवार , श्रावण १६, २०८२

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • पोखरा, १६ साउन । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनईएफ) को पोखरामा सम्पन्न सातौं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । पोखरामा सम्पन्न वार्षिक साधारणसभाबाट वर्ष २०२५÷२०२६ का लागि मनिष श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । 

    साधारणसभाले लर्निङ चेयरमा सुगम घिमिरे, मेम्बरसिप चेयरमा पुनित अग्रवाल, ग्रोथ एण्ड एक्सपान्सन चेयरमा निदा दुन मल्ल र फाइनान्स चेयरमा यश अग्रवाललाई चयन गरेको छ । 
    त्यसै गरी अंकुर अग्रवाललाई इन्टरनेशनल रिलेसन्स चेयर, चिराग सरावागीलाई स्टार्टअप चेयर, साइनी खेतानलाई नेटवर्क एण्ड कम्यूनिकेसन चेयर तथा सुजीत रेग्मीलाई स्टार्टअप को–चेयरको जिम्मेवारी तोकेको छ । 
    यसअघि वर्ष २०२४/२०२५ मा अध्यक्ष आशिष अग्रवालले नेतृत्व गर्नुभएको थियो । साधारणसभामा निवर्तमान अध्यक्ष अग्रवालले नयाँ कार्यसमितिलाई बधाई दिंदै संस्थालाई अझ नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । 

    कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठ नविन सोच, योजना र लक्ष्यसहित उद्यमशीलता प्रवद्र्धन र स्टार्टअप विकासमा केन्द्रीत हुने बताउनुभयो । आफ्नो नेतृत्वको समितिले देशमा रोजगारी सिर्जना गर्ने कार्यमा थप सक्रियता जनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    साधारणसभाको अवसरमा विभिन्न विधागत पुरस्कार समेत प्रदान गरिएको छ । देशभरबाट सहभागी प्रतिनिधिहरुसहित आयोजित भेलामा सुदयकान्त झालाई सर्वाधिक क्रियाशिल सदस्यको अवार्ड प्रदान गरिएको थियो।त्यसै गरी नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी शाखाले ‘विगेस्ट मेम्बर इन्टिग्रेशन’ अवार्ड प्राप्त गर्न सफल भएको छ । हिमालय टेलिभिजनबाट प्रशारण हुने स्टार्टअप विजनेश रियालिटी शो ‘सार्क ट्यांक’मा सहभागी सदस्यहरु मनिष श्रेष्ठ, सुजित रेग्मी तथा अर्जुन अग्रवाललाई सम्मान गरिएको थियो । 

    सन् २००८ मा स्थापना भएको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले युवा उद्यमशीलता प्रोत्साहन, सञ्जाल विस्तार तथा नवप्रवर्तनलाई मुख्य प्राथमिकतामा राख्दै आफ्ना गतिविधिहरु सञ्चालन गर्दछ । पोखरामा आयोजित राष्ट्रिय भेलामा देशभरबाट ५५ जना प्रतिनिधिहरु सहभागी थिए ।