२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

नि:शुल्क आँखा शिविरमा २२५ जनाको चेकजाँच

शुक्रवार , श्रावण १६, २०८२

भैरहवा, १६ साउन । जेसीआई तिनाउ ओमसतिया तथा ओमसतिया गाउपालिका वडा नम्बर १ को संयुक्त आयोजनामा शुक्रबार नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

जेसीआई तिनाउ ओमसतियाका अध्यक्ष रितुराज लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा २ सय २५ जनाले आँखा चेकजाँच गराएका थिए । जसमा ३२ जना मोतियाबिन्दुका बिरामी भएको श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाका बाह्य कार्यक्रम संयोजक संजीव अधिकारीले बताउनुभयो । ३२ जना आँखाका बिरामीलाई आइतबार अस्पतालमा निःशुल्क शल्यक्रिया (अपरेशन) गरिने अधिकारीले जानकारी दिनुभयो । 

लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको प्राविधिक सहयोगमा भएको  कार्यक्रममा प्रमुख अतिथि ओमसतिया गाउपालिका उपाध्यक्ष सुनिता चौधरी, वडा नम्बर १ का अध्यक्ष बेल बहादुर बराल, २ का अध्यक्ष शितल जि.टी.लगायतले बोल्दै आँखा जस्तो संवेदनशील अंगको नियमित चेकजाँच र उपचारमा ध्यान दिन सबैमा आग्रह गर्नुभएको थियो ।

526765610_10224585373780288_1699635283603805124_n.jpg

कार्यक्रम संयोजक मधुसुदन पाण्डेको स्वागत तथा मोहन सिंह ठकुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।