२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

अनेरास्ववियु सिद्धार्थनगरले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्दै

शुक्रवार , श्रावण २३, २०८२

भैरहवा, २३ साउन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिद्धार्थनगर नगर कमिटी, सिद्धार्थनगर, रुपन्देहीले २०८२ वैशाखमा सञ्चालन भएको कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ । 

अनेरास्ववियु सिद्धार्थनगरले सिद्धार्थनगर नगरपालिका (भैरहवा) भित्र रहेका विद्यालयबाट तथा सिद्धार्थनगरमा स्थायी बसोबास गर्ने उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने भएको हो ।

कक्षा १२ मा ३.२ र सो भन्दा माथि जी.पी.ए. ल्याउने करिब १ हजार विद्यार्थीहरुलाई प्लस टु उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रम गरी सम्मान गरिने अनेरास्ववियु सिद्धार्थनगरका अध्यक्ष के.एल. पाण्डेले जानकारी दिनुभयो । ‘अघिल्ला वर्षहरुमा पनि यो कार्यक्रम गरेका थियौं, यस वर्ष पनि निरन्तरता दिदैछौं, ’पाण्डेले भन्नुभयो ।

कार्यक्रम यही साउन ३१ गते शनिबार दिउँसो १ बजेदेखि सिद्धार्थनगर–१२ स्थित सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा हुने अनेरास्ववियु सिद्धार्थनगरका प्रचार विभाग प्रमुख प्रतीक नेपालले बताउनुभयो ।

WhatsApp Image 2025-08-07 at 9.13.24 PM.jpeg