२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

रुपन्देहीमा १५ हजार घुससहित सशस्त्र प्रहरी जवान अख्तियारको नियन्त्रणमा

सोमवार , श्रावण २६, २०८२

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, २६ साउन । रुपन्देहीमा १५ हजार रुपैयाँ घुससहित सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले सशस्त्र प्रहरी जवान याम बहादुर खत्रीलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

    अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगावामा कार्यरत खत्रीले सीमापारी भारतबाट भन्सार छली अवैधरुपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना एवं उजुरी निवेदन परेको थियो ।

    खत्रीलाई सोमबार कोटहीमाई–५ बाट नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको पौडेलले जानकारी दिनुभयो ।