पर्सा, २७ साउन । पर्सामा कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएको छ ।
मृतक कैदी साहका आफन्तहरुले नारायणी उपक्षेत्रीय अस्पतालमा अगाडि प्रदर्शन शुरु गरेका हुन् । मंगलवार बिहान अचानक बेहोस भएका कैदी साहको निधन भएको हो । बिहान एक्सरसाइज गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका प्रहरीको भनाइ छ । उनलाई उपचारका लागि लगिएकोमा अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।
आफन्तले भने कारागार प्रशासनको लापरबाहीले राहुलको ज्यान गएको आरोप लगाएका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का सदस्य जगदिश साहले प्रशासनको कमजोरीका कारण घटना भएको बताउनु भयो ।
उहाँले शव आफूहरुले नबुझ्ने बताउनु भयो । प्रशासनले जानीजानी मारेको उहाँको आरोप छ ।