
बुधवार , श्रावण २८, २०८२
भैरहवा, २८ साउन । मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले रुपन्देहीको भैरहवाबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बस्ने ३३ वर्षिय गुड्डु खान भन्ने कैश मोहम्मद साई रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिनुभयो ।
डीएसपी कार्कीका अनुसार विभिन्न मुद्दामा हिरासतमा रहेका व्यक्तिहरुलाई छुटाइदिन्छु भन्दै झुक्याएर पटकपटक गरी ४५ हजार रुपैयाँ ठगी गरेको र ३ लाख रुपैयाँ मागेको भन्ने गोप्य सूचनाको आधारमा साईलाई पक्राउ गरिएको हो ।
खोजतलास गर्दै जाँदा सोमबार सिद्धार्थनगर नगरपालिका–१३ मा फेला परेका साईको शरीर तथा बा १४ च ७८६ नम्बरको गाडी खानतलासी गर्दा उनले लिएको रु. १५ हजार र मोबाइल १ थान फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका साईमाथि ठगी सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij