
शुक्रवार , श्रावण ३०, २०८२
भैरहवा, ३० साउन । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा बिहीबारदेखि सुरु भएको छ । परीक्षाको बिहीबार रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले अनुगमन गर्नुभएको छ । परीक्षा व्यवस्थित र मर्यादित भए÷नभएकोबारे जानकारी उहाँले अनुगमन गरिएको उहाँले बताउनुभयो ।
रोहिणी–३ स्थित श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रमा अध्यक्ष यादवले त्यहाँको बारेमा जानकारी लिनुभएको थियो ।
अध्यक्ष यादवले बिहीबार नै रोहिणी गाउँपालिका ५ नम्बर वडा कार्यालय र प्राथमिक स्वास्थ्य सेवा केन्द्रको समेत अनुगमन गर्नुभएको छ । अनुगमनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेत, शिक्षा शाखा प्रमुख सुनिता न्यौपाने लगायतको सहभागीथा थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij