२०८२, पौष १६ गते

Dec 31 2025 | २०८२, पौष १६ गते

व्यक्तिको आचरण शुद्ध भए भ्रष्टाचार आफैँ अन्त्य हुन्छ : प्रधानमन्त्री ओली

शुक्रवार , श्रावण ३०, २०८२

  • 847
    Shares
  • 847
    Shares
  • काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार शुन्यमा पुर्याउन आचरण शुद्ध हुनुपर्ने बताउनुभएको छ ।

    ललितपुरमा शुक्रवार आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार शुन्यमा पुर्याउन सकिने तर त्यो कानून कार्यान्वयनबाट मात्रै सम्भव हुनेकुरा नरहेको स्पष्ट पार्नुभयो । त्यसका लागि मानिसको आचरण, चरित्र, गुणवत्ता वृद्धि गर्न जरुरी रहेको बताउनु भयो ।

    मानिसको आचरण, चरित्र, गुणवत्ता वृद्धि गर्न शिक्षामा सुधार गर्न जरुरी रहेको बताउनु भयो । गुणवत्ता बढाउने शिक्षा दिन जरुरी रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले सामाजिक प्लेटफर्महरुमा राम्रो बाटो समाउन सके र अहिलेको प्रविधिको सी सदुपयोग गर्नसके राम्रो हुने बताउनु भयो । 

    प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भ्रष्टाचार शुन्यमा पुर्याउन सक्छौँ । तर यो कानून कार्यान्वयनबाट हुनेकुराबाट शुन्यमा पुर्याउन सकिँदैन । त्यसबाट मानिसको आचरण, चरित्र, गुणवत्ता विकास गरेर जानुपर्छ । मानिसले आफूलाई म गलत गर्दिन भन्ने प्रतिवद्धता लियो भने सबै समस्या समाधान हुन्छ ।

    कानूनले पत्ता लगाएर, कानून कार्यान्वयन गर्दा कानूनले कारबाही गरेर मात्रै त पत्ता लगाउन गाह्रो हुन्छ । लुकेर खाने गर्दछ । कानूनबाटै समाधान गर्छु भन्नेकुरा होइन । यसलाई कानून कार्यान्वयनबाट पनि नियन्त्रण गर्नुपर्छ । कानूनी कारबाही नगर्ने भन्ने होइन । तर यसमा मुख्य कुरा मोडल एजुकेशन हो ।

    मान्छेको गुणवत्ता वृद्धि गर्नेकुरा, मान्छेभित्र राम्रो र नराम्रो पक्ष हुन्छ, नराम्रो पक्ष कमजोर बनाइदिने र राम्रो पक्ष उजागर गरिदिने खालको शिक्षा आवश्यक छ । समाजले प्रोत्साहित गर्नेकुरा पनि हो । सामाजिक प्लेटफर्महरुमा राम्रो बाटो समाउन सके भने अत्यन्तै उपयोगी हुन्छ । अहिलेको प्रविधिको सदुपयोग गर्नुपर्छ, देश, जनता, मानव विकासका लागि सदुपयोग गर्नुपर्छ ।’

    प्रधानमन्त्री ओलीले मानव मष्तिस्क भन्दा ठूलो कुरा श्रृष्टिले अहिलेसम्म पनि कुनै कुरा उत्पादन गर्न नसकेको भन्दै एआईसँग नडराउन आग्रह गर्नुभयो ।