२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

संघीय निजामती सेवा विधेयक महत्वपूर्ण दस्तावेज : मन्त्री न्यौपाने

सोमवार , भाद्र २, २०८२

  • 336
    Shares
  • 336
    Shares
  • काठमाडौं, २ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन संघीय निजामती सेवा विधेयक महत्वपूर्ण हुने बताउनुभएको छ ।

    राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सोमवारको बैठकमा बोल्दै मन्त्री न्यौपानेले यस्तो बताउनुभएको हो । उहाँले भन्सुनका आधारमा हुने सरुवा प्रक्रियालाई रोक्ने उद्देश्य विधेयकले पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । सरुवा—बढुवा प्रणालीलाई व्यवस्थित र अनुमान योग्य हुनेगरी विधेयकलाई समृद्ध बनाउन उहाँले आग्रह गर्नुभयो । उहाँले सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउन तथा संघीयता कार्यान्वयनका लागि विधेयक महत्वपूर्ण दस्तावेज रहेको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, ‘अब कर्मचारीको भन्सुनका आधारमा सरुवा हुने प्रणालीलाई रोक्न यो विधेयक महत्वपूर्ण हुन्छ । अनुमानको आधारमा सरुवा हुने कुरालाई व्यवस्थित गर्नुपर्छ । सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शीहुने कुरामा हामीले सोच्न आवश्यक छ । खासगरी यसको उद्देश्य संघीयतालाई कार्यान्वयन गर्नको लागि महत्वपूर्ण हुनेछ ।’

    प्रतिनिधि सभाबाट पास भइसकेको विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा पठाएको थियो । समितिमा विधेयकका १९३ वटा बुँदामा १६ वटा समूहमा सांसदहरुले संशोधन प्रश्ताव राखेका छन् ।