२०८२, भाद्र १६ गते

Sep 01 2025 | २०८२, भाद्र १६ गते

सुल्टोलाई उल्टो र उल्टोलाई सुल्टो भन्ने जमात देखेको थिइँन : प्रधानमन्त्री

मंगलवार , भाद्र ३, २०८२

  • 847
    Shares
  • 847
    Shares
  • काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिमा सुल्टोलाई उल्टो र उल्टोलाई सुल्टो भन्ने निर्लज्ज जमात कहिल्यै नदेखेको बताउनुभएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । राष्ट्रिय सूचना आयोगद्वारा मंगलवार आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै उहाँले ठगी आरोपमा प्रहरीले मुद्दा चलाएको, अदालतले कारागार पठाउँदा पनि गल्ती भयो भन्दै जयजयकार गर्ने जमात देख्दा अचम्म लागेको पनि बताउनु भयो ।

    अरु बन्दी भन्दा छुट्टै कोठामा राखिएको, छुट्टै प्रवन्ध दिएर राखेको, एसी कुलरको प्रवन्धसहित राख्दा समेत वातावरण भएन भन्ने गरिएको बताउनु भयो । आफू प्रधानमन्त्री भएपछि वितण्डालाई शान्त बनाउने काम गर्दा आगो झोस्ने काम भइरहेको बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘अब अहिले त के हो भने मानव अधिकारको परिभाषा, अरु अधिकारका परिभाषा, अरु बन्दी भन्दा छुट्टै एउटा बन्दी राखेको छ, छुट्टै कोठा दिएर राखिएको छ । छुट्टै प्रवन्ध दिएर राखेको छ । एसी कुलरको प्रवन्धसहित राखिएको छ । वातावरण भएन भनेर त्यतापट्टि नजाऔँ ।

    थुनामा नराखिएका मानिसहरुको अवस्था कस्तो छ एक जनाले बोल्दै थिए । त्यस्तो अवस्थाबाट माथि उठाउनुछ । गरिबीबाट माथि उठाउनुछ । म प्रधानमन्त्री भइकन गएको एक वर्ष वितण्डालाई शान्त पार्दा यतै आगो झोसेको छ, उतै आगो झोसेको छ, यतै अराजकता, उतै अराजकता, त्यसलाई शान्त पार्दैखेरी विकासका काममा कतिपय रोकावट छ ।

    एउटा ठगीमा प्रहरीले कारबाही गरेर मुद्दा चलाएको छ, पछाडिको जमात जयजयकार गरेर हिँडेको छ । नेपालको राजनीतिमा यति साह्रो सुल्टोलाई उल्टो, उल्टोलाई सुल्टो भन्ने निर्लज्ज जमात यस्तो अराजक जमात कहिले पनि देखेको थिएन।’

    प्रधानमन्त्री ओलीले यसबीचमा नेपालले असाधारण प्रगति गरेको दाबी गर्दै अविकसित मुलुकबाट विकासशिल मुलुकमा प्रवेश गरिरहेको बताउनु भयो ।