२०८२, भाद्र १६ गते

Sep 01 2025 | २०८२, भाद्र १६ गते

दर्ता नभएका सामाजिक सञ्जाल नियन्त्रण गर्छौं : प्रधानमन्त्री ओली

मंगलवार , भाद्र ३, २०८२

  • 853
    Shares
  • 853
    Shares
  • काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कानूनअनुसार दर्ता नभएका सामाजिक सञ्जालहरुलाई नियन्त्रण गर्ने बताउनुभएको छ ।

    राष्ट्रिय सूचना आयोगद्वारा मंगलवार आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक सञ्जाल डिजिटल प्लेटफर्महरुको दुरुपयोग धेरैभएको भन्दै कतिपय सामाजिक सञ्जालहरुले तिमीहरुको कानून मान्दिनँ, दर्ता हुँदिन भन्ने गरेको भन्दै तिनीहरुलाई नियन्त्रण गर्ने बताउनु भयो ।

    नेपालको कानूनअनुसार सञ्चालन नहुने सामनाजिक सञ्जालहरु अराजकता माध्यम रहेको भन्दै त्यस्ता सामाजिक सञ्जाल नियन्त्रण गर्दा विरोध नगर्न पनि आग्रह गर्नुभयो । नियमभित्र आउनुपर्ने, दर्ता हुनुपर्ने र जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ छ । समाज ध्वस्त पार्ने, दर्ता नगर्ने, कानूनको दायरामा नआउने, पैसा कमाउने, कर नतिर्ने, जनता लुट्ने, ठग्ने, जनतालाई कुबाटोतिर धकेल्ने, देशलाई बर्बादीतिर धकेल्ने कोशिस गर्ने यस्ता प्रयासहरु सरकारले सफल हुन नदिने स्पष्ट पार्नुभयो । 

    उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जाल डिजिटल प्लेटफर्महरुको दुरुपयोग भएको छ । कतिपय सामाजिक सञ्जालहरु दर्ता गर्नु नपर्ने, गर्दिन, तिमीहरुको कानून मान्दिनँ भन्छन् । संविधान मान्दिनँ, यहाँ अराजकतावादीहरु जत्तिकै मान्दिनँ, दर्ता गर्दिनँ भन्छन् । त्यसो भए नेपाल सरकारले नियन्त्रण गर्नेछ । यहाँनेर स्वतन्त्रताको हक भएन भन्नेकुरा आउला । नियमभित्र पाइन्छ । दर्ता गर्नुपर्छ, जिम्मेवार ढंगले चलाउनुपर्छ ।

    समाज ध्वस्त पार्ने, दर्ता नगर्ने, कानूनको दायरामा नआउने, पैसा कमाउने, कर नतिर्ने, जनता लुट्ने, ठग्ने, जनतालाई कुबाटोतिर धकेल्ने, देशलाई बर्बादीतिर धकेल्ने कोशिस गर्ने यस्ता प्रयासहरु सरकारले हुन दिँदैन । यो स्पष्ट छ । कतिपयले सामाजिक सञ्जालको विधेयक ल्याउन लाग्यो सरकारले, ल्याउँछ । अवश्य ल्याउँछ । अराजक हुन दिँदैन । संविधान र कानूनभित्र सबै बस्नुपर्छ । डेमोक्रेसी एनार्किजम होइन ।’

    प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले लोकतन्त्र पूर्ण रुपमा कार्यान्वयन हुने पनि स्पष्ट पार्नुभयो ।