२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

अहिले राज्यको विरुद्धमा विद्रोह गर्ने समय होइन : सञ्चारमन्त्री गुरुङ

बुधवार , भाद्र ४, २०८२

  • 276
    Shares
  • 276
    Shares
  • काठमाडौं, ४ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले राज्यको विरुद्धमा विद्रोह गर्ने समय नभएको बताउनुभएको छ ।

    बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । एकथरी मानिसहरु अहिले पनि राज्यको विरुद्धमा द्रोह गरिरहेको भन्दै अहिले विद्रोह गर्ने समय नभएको बताउनु भयो ।

    उहाँले नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक भएकाले सबैको प्रतिनिधित्व हुन नसक्ने भएकाले राष्ट्रपतीय प्रणालीमा नगएको बताउनु भयो । राष्ट्रपतीय प्रणालीमा जाँदा प्रतिनिधित्वका लागि ठाउँ कम  हुने भएकाले राष्ट्रपतीय प्रणालीमा नगएको उहाँको भनाइ छ । अहिलेको शासन प्रणालीबाट आदिवासी जनजातिहरुले लाभ लिन सक्नुपर्ने बताउनु भयो । समतामुलक, समावेशी समाज निर्माण गर्न जरुरी रहेको बताउनु भयो । 

    मन्त्री गुरुङले भन्नुभयो, ‘हामी किन राष्ट्रपतीय प्रणालीमा नगएको भन्दा राष्ट्रपतीय प्रणालीमा गयो भने बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुकमा प्रतिनिधित्वमा धेरै समस्या पैदा हुन्छ । प्रतिनिधित्वका लागि स्पेश कम हुन्छ, राज्यमा त्यसकारणले राष्ट्रपतीय प्रणालीमा होइन, सुधारिएको संसदीय प्रणालीमा नै जाऔँ ।

    पार्टीहरुले पनि त्यसको समावेशिताको महशुस गर्नसक्ने, दलहरुले पनि महशुस गर्नसक्ने भनेर शासन प्रणालीले कसरी बढी भन्दा बढी प्रतिनिधित्व गराउँछ भन्ने हो । हाम्रो प्रयास फ्रान्सको जस्तो प्रणालीमा जाऔँ न त दुनियाँमा एउटा राष्ट्रपतिय शासन प्रणाली र अर्को संसदीय शासन प्रणाली हो । हाम्रो शासन प्रणाली हाम्रो लागि परिवर्तन भएको हो की होइन ? त्यसबाट धेरै लाभ लिनुपर्छ ।

    एकथरी मानिसहरु अहिले पनि राज्यको विरुद्धमा द्रोह गरिरहेकै देखिन्छ । आज राज्यको विरुद्धमा विद्रोह गर्ने समय होइन । हाम्रो जे व्यवस्था प्राप्त गरेका छाँैँ, यसको अधिकतम उपयोग गरेर समतामुलक समाज निर्माण गर्नुपर्छ । समावेशी समाज निर्माण गर्नुपर्छ । समावेशी विकास गर्नुपर्छ ।’

    मन्त्री गुरुङले आदिवासी जनजातिको छुट्टै मन्त्रालय हुनुपर्छ भनेर माग गरिरहेको भन्दै आज आदिवासी जनजाति प्रतिष्ठानका लागि केही बजेट छुट्याउन पनि हड्डिमा गिद्ध र कुकुर जस्तो झुन्डिनु परिरहेको बताउनु भयो ।