
बुधवार , भाद्र ४, २०८२
भैरहवा, ४ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पस कमिटीले क्याम्पसलाई पाँचसय थान सेनेटरी प्याड हस्तान्तरण गरेको छ । हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा प्याड हस्तान्तरण गरिएको अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष विवेक भण्डारीले बताउनुभयो ।
अनेरास्ववियुले सेनेटरी प्याड बुधबार क्याम्पस–विद्यार्थी कल्याण प्रमुख उपप्राध्यापक अरुणाकुमारी भुसाललाई हस्तान्तरण गरेको हो ।
सो अवसरमा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य एवं खेलकुद विभाग प्रमुख सागर न्यौपाने, रुपन्देही जिल्ला सदस्य गौरव पोखरेल लगायतको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij