
शुक्रवार , भाद्र ६, २०८२
भैरहवा, ६ भदौ । नेपाल र भारतमा रहेका विभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयहरुको नक्कली शैक्षिक प्रमाणपत्रहरु, स्टाम, होलोग्राम तथा स्टिकरहरुसहित पक्राउ परेका व्यक्तिको बयानबाट खुल्न आएका थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने व्यक्ति कँडेल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का नेता रहेका छन् । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–५ का अन्दाजी ५० वर्षिय हरि प्रसाद कडेल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक डीएसपी सुरज कार्कीले जानकारी दिनुभयो । कडेल रास्वपा बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक तथा कलेज कोच नेपाल प्रा लि का सञ्चालक हुन् ।
गत भदौ १ गते सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्कबाट भारतको जिल्ला कानपुर नौवस्ति बस्ने २५ वर्षिय अभिषेक यादवलाई नक्कली शैक्षिक प्रमाणपत्रहरु, स्टाम, होलोग्राम तथा स्टिकरहरुसहित रुपन्देही प्रहरीले पक्राउ गरेको थियो ।
डीएसपी कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा लिकीछिपी बसेको अवस्थामा बिहीबार कडेललाई चितवनबाट पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij