२०८२, भाद्र ७ गते

Aug 23 2025 | २०८२, भाद्र ७ गते

राप्रपा देवदहको नगर अधिवेशन आज, अध्यक्ष लिङ्देनले उद्घाटन गर्ने

शनिवार , भाद्र ७, २०८२

  • 709
    Shares
  • 709
    Shares
  • भैरहवा, ७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) देवदह नगर कार्यसमिति, रुपन्देहीको नगर अधिवेशन शनिबार (आज) हुँदैछ । अधिवेशनको पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र प्रसाद लिङ्देनले उद्घाटन गर्नुहुने राप्रपा केन्द्रीय सदस्य तोयानाथ लम्सालले जानकारी दिनुभयो । 

    केन्द्रीय सदस्य लम्सालका अनुसार अधिवेशन बिहान ११ः३० बजे देवदह नगरपालिका–७ पिपलडाडास्थित होटल ओम दर्शन एण्ड पार्टी प्यालेसमा सुरु हुनेछ । अधिवेशनको तयारी पूरा भइसकेको उहाँले बताउनुभयो । अधिवेशनमा अध्यक्ष लिङ्देनसहित नेताहरुले सम्बोधन गर्ने उहाँले बताउनुभयो ।

    अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने राप्रपा देवदह नगर अध्यक्ष माधव रिमालले बताउनुभयो ।