२०८३, जेठ ३ गते

May 17 2026 | २०८३, जेठ ३ गते

चेम्बर अफ कमर्स रुपन्देहीमा नयाँ नेतृत्व, अध्यक्षमा रोक्का

शनिवार , भाद्र ७, २०८२

  • 5.4K
    Shares
  • 5.4K
    Shares
  • भैरहवा, ७ भदौ । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को १८ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशन सम्पन्न भएको छ । शनिबार भैरहवामा सम्पन्न साधारण सभा तथा अधिवेशनले सचिन रोक्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । यसअघि रोक्काले संस्थाको वरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

    निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा राम मिलन यादव, उपाध्यक्ष (उद्योगतर्फ) मधुसुदन अर्याल, उपाध्यक्ष (वाणिज्यतर्फ) सुरेन्द्र कुमार पाण्डेय, महासचिवमा लक्ष्मी अधिकारी, कोषाध्यक्षमा धिरज कुमार मल्लिक, सचिवमा गौतम कुमार गुप्ता, कृष्ण प्रसाद पाण्डे र सह-कोषाध्यक्षमा सन्तोष शुक्ला रहनुभएको छ ।

    त्यस्तै एशोसिएट सदस्यमा राम अवध गुप्ता, सदस्य (उद्योगतर्फ) राम प्रसाद भण्डारी, राम प्रसाद श्रेष्ठ र राजन विश्वकर्मा तथा सदस्य (वाणिज्यतर्फ) दिनेश गुप्ता, गोविन्द सापकोटा जैसी, शम्भु प्रसाद यादव, विष्णु कंडेल, शिवम जयसवाल, कृष्ण प्रसाद मरासिनी र प्रिया बन्धु न्यौपाने रहनुभएको छ । सदस्य (महिलातर्फ) माया खनाल र गिता गैरे बन्जाडे रहनुभएको छ ।

    त्यसै गरी अध्यक्ष रोक्काले सिकन्दर अली र अब्दुल कयुमलाई कार्यसमिति सदस्यमा मनोनित गर्नुभएको छ ।

    537190974_24288265154200825_4741728671586083656_n.jpg