२०८२, भाद्र ८ गते

Aug 24 2025 | २०८२, भाद्र ८ गते

११० देशसँग नेपालको वैदेशिक व्यापार

आइतवार , भाद्र ८, २०८२

  • 295
    Shares
  • 295
    Shares
  • काठमाडौं, ८ भदौ । ११० भन्दा धेरै देशसँग वैदेशिक व्यापार गरिरहँदा धेरैजसो मुलुकसँग नेपालले घाटा बेहोरेको छ ।

    भन्सार विभागका अनुसार चालु आर्थिक वर्षकोपहिलो महिनामा छिमेकी मुलुक भारत, चीनसहित धेरै मुलुकसँग नेपालले नाफाको ब्यापारगर्न सकेन् । ती मुलुकहरुसँग अबौँ व्यापार घाटा देखिएको छ ।

     गत महीना साउनमा भारतसँग रू ८३ अर्ब ५३ करोड ९९लाख बराबरको आयात र रू १९ अर्ब ४५ करोड २० लाख बराबरको निर्यात हुँदा मुलुकले रू६४ अर्ब आठ करोड ७८ लाख घाटा व्यहारेको छ । यस्तै, चीनसँग रू २७ अर्ब ९९ करोड ६० लाखबराबरको आयात र रू पाँच करोड ४८ लाखको निर्यात गर्दा रू २७ अर्ब ९४ करोड १२लाख बराबर व्यापार घाटा भएको छ ।

    युएईसँगको व्यापारमा समेत नेपाललेठूलो नोक्सानी बेहोदै आएको छ । युएइबाट नेपालले २० अर्ब ४० करोडको वस्तुआयात गर्दा २० करोड २६ लाख बराबरको वस्तु निर्यात गरेको देखिन्छ । जसबाट नेपालले१८ अर्ब ३८ करोड व्यापार नोक्सानी बेहोर्नुपरेको छ । थाइल्याण्डसँग पनि नेपालको वैदेशिक व्यापारघाटामा देखिएको छ ।

    भन्सार विभागको तथ्यांक अनुसार थाइल्याण्डबाट नेपालले ११ अर्ब २२करोडको वस्तु आयात गरेकोमा १५ करोडको मात्रै वस्तु निर्यात गरेको छ । थाइल्याण्डसँगनेपालको वैदेशिक व्यापार ११ अर्ब २० करोड भन्दा बढि देखिएको छ ।

    अजेन्टिनासँग रु. ९ अर्ब १२ करोड ९७ लाखबराबरको आयात र रु.२४ लाखको मात्रै निर्यात गर्दा नेपालले ९ अर्ब १२ करोड बराबरकैव्यापार घाटा बेहोर्नुपरेको छ । त्यस्तै अष्टे«लियासँग नेपालले ६७ करोड २८ लाखकोआयात र १६ करोड ३७ लाख बराबरको निर्यात गर्दा कुल व्यापार नोक्सानी ५० करोड भन्दाबढिको बेहोर्नुपरेको छ ।

    यस्तै, बंगलादेशसँग रू ५३ करोड ५८ लाखबराबरको आयात र रू सात करोड ५१ लाखको निर्यात गर्दा रू ४६ करोड ७  लाख बराबर व्यापार घाटा भएको छ । नेपालको वैदेशिक व्यापार बहराइनसँग समेतहुने गरेको छ ।

    बहराइनबाट नेपालले १७ करोड ७७ लाख बराबरको वस्तुआयात गरेको छ भने निर्यात शून्य रहँदा उक्त देशसँग व्यापार घाटामा देखिएको छ ।भन्सार विभागका अनुसार चालु आर्थिक वर्षकोपहिलो महिनामा रू एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापारभएको छ । गत महिना साउनमा रू एक खर्ब ४३ अर्ब चार करोडबराबरको आयात र रू २३ अर्ब ९३ करोड २४ लाख बराबरको निर्यात भएको तथ्यांकले देखाउछ।

    यो अवधिमा देशलाई रू एक खर्ब १९ अर्ब १० करोडबराबर व्यापार घाटा भएको छ ।गत आर्थिक वर्षको पहिलो महिनाको वैदेशिकव्यापारको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा आयात ११ दशमलव ४२ र निर्यात ९५दशमलव ७५ प्रतिशतले बढेको छ । जर्मनी, अफगानस्तान, संयुक्त राज्य अमेरिका,रूस, बेल्जियम, नर्वेलगायत मुलुकसँग समीक्षा अवधिमा व्यापार नाफा भएको छ ।