२०८२, भाद्र ८ गते

Aug 24 2025 | २०८२, भाद्र ८ गते

संविधान असफल भयो भने अकल्पनीय द्वन्द्व शुरु हुन्छ : गृहमन्त्री

आइतवार , भाद्र ८, २०८२

  • 301
    Shares
  • 301
    Shares
  • काठमाडौं, ८ भदौ । गृहमन्त्री रमेश लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको बताउनुभएको छ ।

    आईतवार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यो संविधान असफल भयो भने देशमा अकल्पनिय द्वन्द शुरु हुने बताउनुभएको हो । संविधान निर्माणको लागि २० वर्ष लागेको उहाँले स्मरण समेत गर्नुभयो । यो संविधान असफल भए अर्को २० वर्षमा पनि संविधान बनाउन नसक्ने उहाँको दाबी छ ।

    त्यसको लक्षण पनि देखिन थालेको उहाँले बताउनु भयो । संविधानको रक्षा, यसको सुदृढीकरण, समयसापेक्ष संशोधन आजको आवश्यकता भएको उहाँको भनाई छ । समय र समाजको विकासको गतिअनुसार संविधानलाई पनि उन्नत, परिवर्तन र परिमार्जन गर्नुपर्ने उहाँले बताउनु भयो ।

    समयसापेक्ष संविधान संशोधनको लागी वर्तमान सरकार गठनको बेला काँग्रेस र एमालेले सहमति गरेको पनि उहाँले उल्लेख गर्नुभयो । तर सरकार बनेको एक वर्षमा पनि संविधान संशोधनको कार्य प्रारम्भ गर्न नसेकेको उहाँले स्वीकार गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘एउटा संविधान निर्माणको लागि २० वर्ष लाग्दो रहेछ । यो संविधानको असफलतापछि मुलुकमा उत्पन्न हुने द्वन्द्व, आज हामी द्वन्द्वको कुरा गर्दैछौँ, आजको द्वन्द्वको नेचर कस्तो छ, भने हामी संघियतामा छौँ । दुई पालिकाका बीचमा प्राकृतिक स्रोतका लागी द्वन्द छ ।

    अधिकारको बाँडफाँडको लागी द्वन्द्व भइरहेको छ, आजको द्वन्द्व । तर यदी संविधान असफल भयो भने अकल्पनिय द्वन्द्वहरु यो देशमा शुरु हुन्छ । जसले अब २० वर्षमा पनि संविधान बनाउनसक्ने स्थिति हुँदैन । ती कुराहरु तपाईहरुले यदाकदा लक्षणहरु देख्नुभएको छ होला । त्यसकारण संविधानको रक्षा, यसाको सुदृढीकरण, समयसापेक्ष संशोधन पनि म भन्न चाहन्छु ।

    यही संविधानलाई बचाइराख्न पर्छ तर समयसापेक्ष यसमा परिमार्जन र यसलाई उन्नत गर्दै समय जुन गतिमा विकास, समाज जुन गतिमा विकास भइरहेको छ । संविधानलाई पनि त्यहि गतिमा उन्नत र परिवर्तन परिमार्जन गर्ने प्रक्रियाकामार्फत । त्यसकारण हामीले अहिलेको सरकार, अहिलेको समिकरण निर्माण हुनुभन्दा पहिला एक नम्बरमा हामीले संविधानको सार्थक संशोधन को विषय उठाएको हो ।

    हालकी एक वर्ष भइसक्यो हामी त्यतातिर अलि परिणाममुखी ढंगले प्रवेश गर्न पाएका छैनौँ । त्यो सत्य हो, त्यो हाम्रो कमजोरी हो । तर संविधानको समयसापक्ष संशोधन र यो संविधानको सुरक्षा यो आवश्यक छ ।’ 

    संविधानको समयसापेक्ष संशोधन र सुरक्षा आवश्यक रहेको उहाँको भनाई छ । अहिलेको संविधानमा कतिपयले प्रश्न उठाउने गरेको उल्लेख गर्दै उहाँले त्यो पनि जायज रहेको बताउनु भयो । यो संविधानमा कतिपय कुराहरु समेट्न खोज्दाखोज्दै पनि नसकिएको उहाँको भनाई छ ।