२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

पूर्व स्ववियु सचिव जयसवालले सञ्चालनमा ल्याए ‘बालाजी दुध डेरी’

सोमवार , भाद्र ९, २०८२

  • 706
    Shares
  • 706
    Shares
  • भैरहवा, ९ भदौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पसका पूर्व सचिव शनि जयसवालले भैरहवामा डेरी पसल सञ्चालनमा ल्याउनुभएको छ । जयसवालले सिद्धार्थनगर नगरपालिका–६ स्थित गल्लामण्डी (मिलनचोक) मा श्री बालाजी दुध डेरी सञ्चालनमा ल्याउनुभएको हो । 

    २० लाखको लगानीमा सञ्चालनमा आएको पसलमा दुध, दही, घ्यू, पनिर, नौनी, खुवा, सफल मटर लगायत दुधजन्य पदार्थ सुपथ मूल्यमा उपलब्ध हुने जयसवालले जानकारी दिनुभयो । ‘युवाहरु विदेश नभइ स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचका साथ व्यवसायमा हात हालेको छु, उहाँले भन्नुभयो । 

    IMG_2104.JPG

    डेरी पसलको सोमबार रुपन्देही नागरिक समाजका अध्यक्ष तथा युवा समाजसेवी अमित कुमार गुप्ताले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै गुप्ताले शनि जयसवालले सञ्चालनमा ल्याएको पसलमा एकपटक आउन र सेवा गर्ने मौका प्रदान गर्न आग्रह गर्नुभयो । ‘यो व्यवसाय फलोस्, फुलोस्, यही शुभकामना व्यक्त गर्दछु,’उहाँले भन्नुभयो ।

    त्यस्तै राष्ट्रिय वैश्य महासंघ नेपाल, रुपन्देहीका महासचिव तारकेश्वर कान्दुले पछिल्लो समय युवा पलायन भइरहेको अहिलेको विषम परिस्थितिमा सन्नी जयसवालले उदाहरणीय कार्य गर्नुभएको बताउनुभयो । ‘स्वदेशमै केही गर्नुपर्छ भन्ने सन्देश दिनुभएको छ, स्थानीय उत्पादन प्रवद्र्धनमा पनि यसले टेवा पुर्याउँछ,’ उहाँले भन्नुभयो । 

    जयसवाल २०७९ साल चैतमा भएको स्ववियु निर्वाचनमा सचिवमा निर्वाचित हुनुभएको थियो ।